देश

प्रमोदराज शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट ३ जना पत्रकार पुरस्कृत, अक्षयकोष डेढ लाख पुर्‍याइने घोषणा

प्रमोदराज शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट ३ जना पत्रकार पुरस्कृत, अक्षयकोष डेढ लाख पुर्‍याइने घोषणा

कपिलवस्तु, २७ भदौ । स्वर्गीय प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कारबाट कपिलवस्तुका तीन जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन्। नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले आयोजना गरेको कार्यक्रममा २०८१ सालका लागि अन्जु लामिछाने, २०८२ सालका लागि सविता गुप्ता र २०८३ सालका लागि कृष्ण पौडेल लाई स्वर्गीय प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। उहाँहरूलाई क्रियाशीलता, प्रतिभा र पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा सम्मान गरिएको हो। कार्यक्रममा पुरस्कारका अक्षयकोषदाता तथा वरिष्ठ साहित्यकार हरिराज शर्माले पुरस्कारको अक्षयकोष रकम १ लाख ५० हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्नुभयो। हाल रहेको अक्षयकोषलाई वृद्धि गर्दै आगामी दिनमा पुरस्कारलाई थप व्यवस्थित र निरन्तरता दिने उद्देश्यले रकम…
Read More
World Strength Lifting Federation को उपाध्यक्षमा पुर्व धर्म श्री विजेता जिवन गिरी निर्वाचित

World Strength Lifting Federation को उपाध्यक्षमा पुर्व धर्म श्री विजेता जिवन गिरी निर्वाचित

World Strength Lifting Federation को उपाध्यक्ष (Vice President) पदमा नेपालका पुर्व धर्म श्री विजेता जिवन गिरी निर्वाचित भएका छन्। किर्गिस्तानमा जारी १३औँ World Strength Lifting Championship को अवसरमा Federation का Executive Members को निर्वाचन सम्पन्न भएको हो। Federation मा प्रत्येक चार वर्षमा नेतृत्व चयनका लागि निर्वाचन हुने व्यवस्था रहेको छ। उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका नेपाली प्रतिनिधि गिरि भने किर्गिस्तानको भिसा स्वीकृत नभएका कारण निर्वाचनमा प्रत्यक्ष सहभागी हुन सकेनन्। उनले निर्वाचनका लागि किर्गिस्तानको भिसा आवेदन दिएका थिए। तर, भिसा स्वीकृत नभएपछि प्रत्यक्ष रूपमा उपस्थित हुन नसके पनि उनको उम्मेदवारी कायम रहेको थियो। निर्वाचनका क्रममा Federation का सम्पूर्ण Executive Members बाट…
Read More
रास्वपा सरकार आएपछि पनि सुशासन कायम भएन : उपेन्द्र यादव

रास्वपा सरकार आएपछि पनि सुशासन कायम भएन : उपेन्द्र यादव

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आएपछि पनि देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन्। कपिलवस्तुको तौलिहवामा जसपा नेपाल कपिलवस्तुले आयोजना गरेको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले रास्वपा सरकार गठनपछि भ्रष्टाचार र कमिशनतन्त्रको शैली मात्रै परिवर्तन भएको, तर जनताले अपेक्षा गरेको सुशासन प्राप्त हुन नसकेको बताएका हुन्। ‘निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन। तर नयाँ शैलीमा नारा बनाइयो र रास्वपाले बहुमत पायो,’ यादवले भने, ‘बहुमत पाएपछि विकास र सुशासन हरायो। अहिले पनि देशमा कुशासन कायम छ र मुलुक आर्थिक संकटतर्फ गइरहेको छ।’ यादवले गरिब…
Read More
सुविधा सम्पन्न नया जिम,आइरन म्यान गीरी बाट उदघाटन

सुविधा सम्पन्न नया जिम,आइरन म्यान गीरी बाट उदघाटन

कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाटोल स्थित कपिलवस्तु फिटनेस सुविधा सम्पन्न नया जिम खु्लेको छ । आइरन म्यान को उपाधी पाएका स्ट्रेन्थलिफिन्टीङ काअन्र्तराष्ट्रिय तथा पुर्वधर्मश्री बिजेता जिवन गिरीले रिबन काटेर कपिलवस्तु फिटनेसको उद्घाटन गरेका हुन । सुबिधा संपन्न जिम खुलेको प्रति शुभकामना दिदै शरीरलाई स्वास्थ्य राख्न शारीरिक अभ्यास आवश्यक रहेको गिरीले बताए का छन। अहिलेको आवश्यकता भनेको स्वास्थ्य भएको हुदा , मानिसहरु जिम क्लव तिर आर्कषन बढदै गएको गिरीले भने । यस्तै गरी २५ लाख भन्दा बढी लगानी गरेर एसी सुविधा सहित जिम क्लव संचालनमा ल्याएको कपिलवस्तु फिटनेसका संचालक बाबु सफा खान ले जानकारी दिएका छन । साउदी अरब कतार…
Read More
एनजिओद्वारा सरकारी भवन कब्जा, कसले खायो मुआब्जा ?

एनजिओद्वारा सरकारी भवन कब्जा, कसले खायो मुआब्जा ?

कपिलवस्तुको शिवराज नगरपालिकामा विद्यालय समायोजनपछि रिक्त रहेको सरकारी भवन गैरसरकारी संस्था (एनजिओ)ले प्रयोग गरिरहेको पाइएको छ। शिवराज नगरपालिका–११, बनकट्टीस्थित ८ कोठे पक्की विद्यालय भवनसहित करिब ५ कट्ठा क्षेत्रफलमा रहेको जग्गा सिद्धार्थ सामाजिक विकास केन्द्रले वैशाखदेखि प्रयोग गर्दै आएको छ । कुनै बेला सार्वजनिक जग्गा खाली गराउन डोजर लिएर पुग्ने शिवराज नगरपालिकाका जिम्मेवारहरु नै मौन बसेपछि सिद्धार्थले सरकारी विद्यालय भवन प्रयोग गरिरहेको स्थानीयको आरोप छ। शिवराज नगरपालिकाका तीनवटा वडामा एक्सनएड नेपालको सहयोगमा ‘स्थानीय अधिकार कार्यक्रम’ सञ्चालन गरिरहेको सिद्धार्थले परियोजना कार्यान्वयन इकाइको कार्यालयका लागि उक्त भवन प्रयोग गरेको हो। कर्मचारी स्रोतका अनुसार शिक्षा तथा सामाजिक शाखा हेर्ने प्रमुख पूर्ण विश्वकर्माको योजनामा संस्थालाई…
Read More
वन संरक्षणमा उत्कृष्ट कार्य गर्ने कपिलवस्तुका दुई वन राष्ट्रियस्तरमा पुरस्कृत हुने

वन संरक्षणमा उत्कृष्ट कार्य गर्ने कपिलवस्तुका दुई वन राष्ट्रियस्तरमा पुरस्कृत हुने

कपिलवस्तु २१ साउनबन संबद्र्धन, प्रबद्र्धन सहीत वन संरक्षणमा उदाहरणीय काम गरेको भन्दै कपिलवस्तुका २ वन राष्ट्रिय स्तरमै पुरस्कृत हुने भएका छन । कृषि वन तथा पर्यावरण मन्त्रालय अन्र्गत वन तथा भु–संरक्षण बिभागले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित काईली चौर साना किशान सामुदायिक वन उपभोक्ता समुह र बाणगंगा नगरपालिका वडा नम्बर १० स्थित मायादेबी साझेदारी वनलाई पुरस्कृत गर्न लागेको हो । डिभिजन वन कार्यालय कपिलवस्तुका सुचना अधिकारी यादव सापकोटा अनुसार कोइली चोर वन गणेशमान सिंह सामुदायिक वन तथा मायादेबी साझेदारी वन साझेदारी वन राष्ट्रिय पुरस्कारबाट पुस्कृत हुने भएको हो । बिभागले साउन २५ गते ललितपुरमा दुबै वनलाई पुस्कृत गर्ने…
Read More
कालिका स्वा. सा. केन्द्रमा आफन्त भर्तिको अखाडा, करोडौं परियोजना माथी गम्भीर प्रश्न

कालिका स्वा. सा. केन्द्रमा आफन्त भर्तिको अखाडा, करोडौं परियोजना माथी गम्भीर प्रश्न

साउन १९, २०८ग्रामीण भेगका विपन्नहरुको सर्वाङ्गीण विकासका लागि खोलिएका गैरसरकारी संस्थाहरु आफन्त, नातागोता र नजिकका साथीभाइको आर्थिक हैसियत उकास्न प्रयोग भएको पाइएको छ । अशिक्षा, गरिबी तथा कुपोषणका तथ्याङ्क देखाएर दातृ निकायसँग अनुदान लिने कपिलवस्तुका गैर नाफामूलक संघ संस्थामा सामाजिक तथा आर्थिक भ्रष्टाचार मौलाउदै गएको चर्चा छ ।जिल्लामा सबैभन्दा बढी दातृ निकायबाट अनुदान रकम सम्झौता गरेको कालिका स्वावलम्बन सामाजिक केन्द्रले विपन्न लक्षित कार्यक्रम आफन्त लक्षित गरेको आरोप लाग्न थालेको छ । उक्त संस्थाका अधिकांश कार्यक्रम, योजना तथा क्रियाकलापसँगै कर्मचारी भर्ना समेत सञ्चालक तथा कार्यकारी निर्देशकका परिवारको एकल नियन्त्रणमा रहेकाले पनि त्यसो गर्न सहज बनेको उनीहरुको दाबी छ । कालिकाले सञ्चालन…
Read More
कपिलवस्तु प्रहरीले आर्थिक वर्ष २०८२र०८३ को वार्षिक कार्यसम्पादन सार्वजनिक, ८१६ मुद्दा दर्ता र ५८१ पक्राउ

कपिलवस्तु प्रहरीले आर्थिक वर्ष २०८२र०८३ को वार्षिक कार्यसम्पादन सार्वजनिक, ८१६ मुद्दा दर्ता र ५८१ पक्राउ

कपिलवस्तु, साउन ८ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आर्थिक वर्ष २०८२र०८३ मा सम्पादन गरेका गतिविधि, अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षासम्बन्धी वार्षिक विवरण सार्वजनिक गरेको छ। बिहीबार आयोजित वार्षिक प्रेस–मिट कार्यक्रममा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जिल्लाको समग्र सुरक्षा अवस्था, अपराध अनुसन्धान, राजस्व संकलन, लागुऔषध नियन्त्रण तथा सामुदायिक प्रहरी कार्यक्रमका उपलब्धिहरू प्रस्तुत गरेका हुन्। प्रहरीका अनुसार गत आर्थिक वर्षमा कुल ८१६ वटा मुद्दा दर्ता भएका छन् भने ५८१ जना अभियुक्त पक्राउ परेका छन्। यस अवधिमा ६८५ वटा सवारी दुर्घटना, ५९ वटा लागुऔषधसम्बन्धी, १४१ वटा कुटपिट, ३४५ वटा चोरी, ८६ वटा आगलागी, २५७ वटा अवैध सामान बरामद तथा १६५ वटा…
Read More
कपिलवस्तुका ८ उत्कृष्ट उद्यमीहरुलाई गरियो सम्मान

कपिलवस्तुका ८ उत्कृष्ट उद्यमीहरुलाई गरियो सम्मान

कपिलवस्तु ३१ असारउत्कृष्ट काम गरेका कपिलवस्तुका ८ उद्यामीहरुलाई सम्मानित गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले तौलिहवामा राखेको उद्यमीहरुसंग अन्तरक्रिया तथा उत्कृष्ट उद्यमीहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान कार्यक्रममा उनीहरुलाई नगद सहीत सम्मानित गरिएको हो । आयआर्जन सहीत रोजगारीमा योगदान दिएका कपिलवस्तुको शिकबवराज नगरपालिकाका ओम पोल्ट्री फर्मका हिरे कामी, मायादेबी गाउपालिका स्थित आरएन फेसन गारमेन्टकी रिता कलवार बाणगंगा नगरपालिका स्थित सिद्धार्थ बातावरण कागज उद्योगकी सुर्य कुमारी शाही, बुद्धभुमी नगरपालिका स्थित बलीभद्र शिर्जनशील भैसी फर्मका काशीराम भट्टराईलाई सम्मानित गरिएको हो । यस्तै शिवराज नगरपालिका स्थित कुबर पंक्षी फर्मका बावुराम कुवर,बाणगंगा नगरपालिका स्थित डिजे गारमेन्ट उद्योगका ढुन्डीराज बेल्बासे, सुद्धोधन गाउपालिका स्थित न्यु…
Read More
कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभाको दोस्रो बैठक सम्पन्न

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभाको दोस्रो बैठक सम्पन्न

कपिलवस्तु, असार ३१। कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभाको दोस्रो बैठक मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।नगरसभामा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै विभिन्न विषयगत समितिका प्रतिवेदनमाथि समेत समीक्षा गरिएको थियो। बैठकमा नगरपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ तथा सुशासनलाई प्रभावकारी बनाउने विषयमा नगर प्रमुख सुदिप पौडेलले बताए का थिए। बैठकमा उपप्रमुख सुनिता गुप्ता , प्रमुख प्रशासकीय अधिकृत बिनय श्रीवास्तव , वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नगरसभाबाट आवश्यक प्रस्ताव तथा निर्णयहरू पारित गर्दै आगामी आर्थिक वर्षका कार्यक्रमहरूलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको नगरपालिकाले जनाएको छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.