World Strength Lifting Federation को उपाध्यक्ष (Vice President) पदमा नेपालका पुर्व धर्म श्री विजेता जिवन गिरी निर्वाचित भएका छन्।
किर्गिस्तानमा जारी १३औँ World Strength Lifting Championship को अवसरमा Federation का Executive Members को निर्वाचन सम्पन्न भएको हो। Federation मा प्रत्येक चार वर्षमा नेतृत्व चयनका लागि निर्वाचन हुने व्यवस्था रहेको छ।
उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका नेपाली प्रतिनिधि गिरि भने किर्गिस्तानको भिसा स्वीकृत नभएका कारण निर्वाचनमा प्रत्यक्ष सहभागी हुन सकेनन्। उनले निर्वाचनका लागि किर्गिस्तानको भिसा आवेदन दिएका थिए। तर, भिसा स्वीकृत नभएपछि प्रत्यक्ष रूपमा उपस्थित हुन नसके पनि उनको उम्मेदवारी कायम रहेको थियो।

निर्वाचनका क्रममा Federation का सम्पूर्ण Executive Members बाट सर्वसम्मत समर्थन प्राप्त भएपछि उनी World Strength Lifting Federation को Vice President पदमा निर्वाचित भएको जिवन गिरि बाट जानकारी प्राप्त भएको हो।
निर्वाचनमा प्रत्यक्ष रूपमा सहभागी हुन नसके पनि विश्वभरका खेलकुदकर्मी, Federation का पदाधिकारी तथा Executive Members बाट प्राप्त विश्वास, माया र समर्थनप्रति उनले आभार व्यक्त गरेका छन्।
उनले Federation लाई अझ बलियो, व्यवस्थित र विश्वव्यापी रूपमा अगाडि बढाउन आगामी दिनमा आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
World Strength Lifting Federation ले विश्वभर Strength Lifting खेलको विकास, विस्तार तथा खेलाडीको क्षमता अभिवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। नेपाली प्रतिनिधिको उपाध्यक्ष पदमा निर्वाचनलाई नेपालको Strength Lifting खेलका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

