मायोदबी साझेदारी द्धारा साढे ११ हजार फलफुलको बिरुवा बितरण
कपिलवस्तुवन संरक्षण र प्रबद्र्धनमा उत्कृष्ट काम गर्दै आएको कपिलवस्तुको मायादेबी साझेदारी वनले फलफलुको बिरुवा बितरण सुरु गरेको छ । साढे ११ हजार फलफुलको बिरुवा बितरणकालागि तयारी अघि बढाएको हो । साझेदारी वनका अध्यक्ष दिनेश जैसवालले साझेदारी वनको क्षेत्र भित्र पर्ने वडा वडा बिरुवा बितरणकालागि पुर्याइ सकिएको बताए । उनले प्रत्येक वडामा ७ सयका दरले फलफुलको बिरुवा बितरण गर्ने तयारी गरिएको उनले बताए । केही बिरुवाहरु भेन बितरण गरी सकिएको छ । यस बर्ष साढे ७ हजार आप, ढाई हजार लिची , एक हजार कटहर र एक हजार कागतीका बिरुवा बितरण गरिने जैसवलाले बताए । उनले पहिलो चरणमा साढे ११ हजार…
