एनजिओद्वारा सरकारी भवन कब्जा, कसले खायो मुआब्जा ?
कपिलवस्तुको शिवराज नगरपालिकामा विद्यालय समायोजनपछि रिक्त रहेको सरकारी भवन गैरसरकारी संस्था (एनजिओ)ले प्रयोग गरिरहेको पाइएको छ। शिवराज नगरपालिका–११, बनकट्टीस्थित ८ कोठे पक्की विद्यालय भवनसहित करिब ५ कट्ठा क्षेत्रफलमा रहेको जग्गा सिद्धार्थ सामाजिक विकास केन्द्रले वैशाखदेखि प्रयोग गर्दै आएको छ । कुनै बेला सार्वजनिक जग्गा खाली गराउन डोजर लिएर पुग्ने शिवराज नगरपालिकाका जिम्मेवारहरु नै मौन बसेपछि सिद्धार्थले सरकारी विद्यालय भवन प्रयोग गरिरहेको स्थानीयको आरोप छ। शिवराज नगरपालिकाका तीनवटा वडामा एक्सनएड नेपालको सहयोगमा ‘स्थानीय अधिकार कार्यक्रम’ सञ्चालन गरिरहेको सिद्धार्थले परियोजना कार्यान्वयन इकाइको कार्यालयका लागि उक्त भवन प्रयोग गरेको हो। कर्मचारी स्रोतका अनुसार शिक्षा तथा सामाजिक शाखा हेर्ने प्रमुख पूर्ण विश्वकर्माको योजनामा संस्थालाई…
