कपिलवस्तुको सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद
कपिलवस्तुको बाणगंगा नगरपालिका–१ पडेरियास्थित अमृते सामुदायिक वनमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कायर्लय पिपराकाे प्रहरी काे टाेलीले उक्त बन्दुक बरामद गरेको हो। प्रहरी टोलीले असोज १४ गते राति करिब ९ बजे सामुदायिक वनभित्र खोजतलास गर्ने क्रममा झाडीमा लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। वनभित्र बेवारिसे अवस्थामा रहेको बन्दुकमा चलेको लोड गरी राखिएको अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको बन्दुक नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। बन्दुक कसले र कुन प्रयोजनका…
