प्रमोदराज शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट ३ जना पत्रकार पुरस्कृत, अक्षयकोष डेढ लाख पुर्‍याइने घोषणा

कपिलवस्तु, २७ भदौ । स्वर्गीय प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कारबाट कपिलवस्तुका तीन जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन्। नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले आयोजना गरेको कार्यक्रममा २०८१ सालका लागि अन्जु लामिछाने, २०८२ सालका लागि सविता गुप्ता र २०८३ सालका लागि कृष्ण पौडेल लाई स्वर्गीय प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। उहाँहरूलाई क्रियाशीलता, प्रतिभा र पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा सम्मान गरिएको हो।

कार्यक्रममा पुरस्कारका अक्षयकोषदाता तथा वरिष्ठ साहित्यकार हरिराज शर्माले पुरस्कारको अक्षयकोष रकम १ लाख ५० हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्नुभयो। हाल रहेको अक्षयकोषलाई वृद्धि गर्दै आगामी दिनमा पुरस्कारलाई थप व्यवस्थित र निरन्तरता दिने उद्देश्यले रकम बढाउने घोषणा गरिएको शर्माले बताएका छन

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले स्वर्गीय प्रमोदराज शर्माको योगदानको स्मरण गर्नुभयो। उहाँले स्वर्गीय शर्माको निधनको घटना अझै पनि आफ्नो स्मृतिमा ताजै रहेको बताउँदै उहाँको सामाजिक तथा पत्रकारिता क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। नगरप्रमुख पौडेलले स्वर्गीय प्रमोदराज शर्माको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारले जिल्लाका पत्रकारलाई प्रोत्साहन गर्नुका साथै पत्रकारिताको विकासमा समेत योगदान पुर्‍याउने बताउनुभयो।

यस्तै नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका अध्यक्ष खगप्रसाद चापागाईंले पुरस्कार राशिमा आफ्नो व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ थप गर्ने घोषणा गरेका छन । प्रेस युनियन का सचिव अकुश श्रीवास्तवको संचालनमा गरिएको कार्यक्रममा कपिलवस्तु नगरपालिकाका वडा नं ३ का वडाअध्यक्ष रुद्र बहादुर गैरे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, महासंघका पूर्वअध्यक्ष मनोज पौडेल ,किरणमान बज्राचार्य, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोपाल भण्डारी, प्रेस सेन्टर जिल्ला अध्यक्ष मनिश कार्की ,प्रेस चौतारीका जिल्ला अध्यक्ष बाबुराम रायमाझी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.