कपिलवस्तुमा सशस्त्र र नेपाल प्रहरीद्वारा १० लाख बढीको अवैध सामान बरामद
कपिलवस्तु, १८ असोज । कपिलवस्तु जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालयका टोलीले छुट्टाछुट्टै अभियानमा गरी १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध चोरी पैठारीका सामान बरामद गरेका छन्। बरामद गरिएका सामानहरू सम्बन्धित निकायमा बुझाइएको छ। सशस्त्र प्रहरीद्वारा ५ लाख बढीको सामान बरामदसशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हे.क्वा. कपिलवस्तुबाट खटिएको टोलीले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट लत्ताकपडा, जुत्ता तथा एक थान मोटरसाइकल गरी मूल्य रु. ५,३२,६००।– बराबरको अवैध सामान बरामद गरेको छ। बरामद गरिएका उक्त सामानहरू सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। प्रहरीद्वारा भन्सार छलीका ४ लाख ८८ हजारको सामान बरामदयस्तै, जिल्ला प्रहरी…
