लुम्बिनी प्रदेश

कपिलवस्तुमा सशस्त्र र नेपाल प्रहरीद्वारा १० लाख बढीको अवैध सामान बरामद

कपिलवस्तुमा सशस्त्र र नेपाल प्रहरीद्वारा १० लाख बढीको अवैध सामान बरामद

कपिलवस्तु, १८ असोज । कपिलवस्तु जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालयका टोलीले छुट्टाछुट्टै अभियानमा गरी १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध चोरी पैठारीका सामान बरामद गरेका छन्। बरामद गरिएका सामानहरू सम्बन्धित निकायमा बुझाइएको छ। सशस्त्र प्रहरीद्वारा ५ लाख बढीको सामान बरामदसशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हे.क्वा. कपिलवस्तुबाट खटिएको टोलीले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट लत्ताकपडा, जुत्ता तथा एक थान मोटरसाइकल गरी मूल्य रु. ५,३२,६००।– बराबरको अवैध सामान बरामद गरेको छ। बरामद गरिएका उक्त सामानहरू सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। प्रहरीद्वारा भन्सार छलीका ४ लाख ८८ हजारको सामान बरामदयस्तै, जिल्ला प्रहरी…
Read More
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तुबाट १० खेलाडी छनोट

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तुबाट १० खेलाडी छनोट

कपिलवस्तु । आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तु जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न छनोट प्रतियोगिताबाट ५ पुरुष र ५ महिला गरी १० जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्। छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा कपिलवस्तु जिल्लाको प्रतिनिधित्व गर्नेछन्। जिल्लाका ६ वटा स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा ४४ पुरुष र ७ महिला गरी कुल ५१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। राष्ट्रिय ब्याडमिन्टन प्रशिक्षक राजेश शाक्यका अनुसार जिल्लाभरिका खेलाडीलाई सहभागी गराउँदै छनोट प्रतियोगिता सञ्चालन गरिएको हो। छनोट प्रतियोगिताका क्रममा जिल्ला खेलकुद विकास…
Read More
कपिलवस्तु नगरपालिकामा शोक बिदा, एक दिन कार्यालय तथा शैक्षिक संस्था बन्द रहने

कपिलवस्तु नगरपालिकामा शोक बिदा, एक दिन कार्यालय तथा शैक्षिक संस्था बन्द रहने

तौलिहवा । कपिलवस्तु नगरपालिकाले वडा नं. ७ की दलित महिला वडा सदस्य फूलमती कोरीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै एक दिन शोक बिदा दिने निर्णय गरेको छ।नगरपालिकाले मंगलबार सूचना जारी गर्दै वडा सदस्य कोरीको यही कात्तिक ६ गते शुक्रबार भएको असामयिक निधनले नगरपालिका परिवार स्तब्ध र मर्माहत भएको जनाएको छ।नगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।नगरपालिकाको कात्तिक १७ गतेको निर्णयअनुसार कात्तिक १८ गते शनिबार एक दिन नगरपालिकाका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्थाहरू (अति आवश्यक सेवाबाहेक) तथा सामुदायिक, संस्थागत र धार्मिक शिक्षण संस्थाहरूमा शोक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय…
Read More
कपिलवस्तुमा कानूनी परामर्श तालिम सम्पन्न

कपिलवस्तुमा कानूनी परामर्श तालिम सम्पन्न

कपिलवस्तु,संवाद फाउण्डेशन कपिलवस्तुको आयोजनामा कपिलवस्तु नगरपालिका–७ स्थित विश्व शान्ति ईङ्गलिश एकेडेमीमा कानूनी परामर्श तालिम सम्पन्न भएको छ। स्थानीय नागरिकमा कानूनी सचेतना अभिवृद्धि गर्ने तथा कानूनी परामर्शसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित तालिममा ३० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा कपिलवस्तु नगरपालिका–७ का वडा अध्यक्ष इन्द्रमणि कुर्मीले संवाद फाउण्डेशन कपिलवस्तुले सञ्चालन गरेको कार्यक्रमको प्रशंसा गर्दै संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि संस्थाले गर्ने सामाजिक तथा जनचेतनामूलक गतिविधिमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तालिममा संवाद फाउण्डेशन रुपन्देही जिल्ला संयोजक जितेन्द्र गुप्ताले सहभागीहरूलाई कानूनी परामर्शसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा कानूनी विषयमा आधारभूत जानकारी, नागरिकका अधिकार तथा कर्तव्य र…
Read More
चाड पर्वलाई लक्षित  कपिलवस्तुका नौ स्थानमा नागरिक सहायता केन्द्र स्थापना ।

चाड पर्वलाई लक्षित कपिलवस्तुका नौ स्थानमा नागरिक सहायता केन्द्र स्थापना ।

कपिलवस्तु २० असोजदशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी कपिलवस्तु जिल्लाकाे ९ स्थानमा संयुक्त यात्रु सहायता कक्ष तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडबाडका बेला यात्रु रुहरूको यात्रालाई सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले जिलल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा सहायता कक्ष स्थापना गरिएको छ । कपिलबस्तुको तौलिहवास्थित बसपार्कमा आयोजित औपचारिक समारोहका बीच सहायता कक्षको शुभारम्भ गरिएको छ ।उक्त समारोहमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ब्यानर पढेर कक्षको शुभारम्भ गर्दै चाडबाडमा सवारी र यात्रु रुको चाप उच्च हुने भएकाले सहायता कक्ष निकै प्रभावकारी हुने बताएका छन् । ूचाडबाडको समयमा यात्रुरुहरू ठगिने, सामान हराउने, बस छुट्ने तथा…
Read More
कपिलवस्तुको सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

कपिलवस्तुको सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

कपिलवस्तुको बाणगंगा नगरपालिका–१ पडेरियास्थित अमृते सामुदायिक वनमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कायर्लय पिपराकाे प्रहरी काे टाेलीले उक्त बन्दुक बरामद गरेको हो। प्रहरी टोलीले असोज १४ गते राति करिब ९ बजे सामुदायिक वनभित्र खोजतलास गर्ने क्रममा झाडीमा लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। वनभित्र बेवारिसे अवस्थामा रहेको बन्दुकमा चलेको लोड गरी राखिएको अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको बन्दुक नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। बन्दुक कसले र कुन प्रयोजनका…
Read More
देउराली बुद्ध ज्योति कलेज अफ मेनेजमेन्टमा उत्प्रेरणा संबन्धी अभिमुखीकरण

देउराली बुद्ध ज्योति कलेज अफ मेनेजमेन्टमा उत्प्रेरणा संबन्धी अभिमुखीकरण

कपिलवस्तु २८ भदौकपिलवस्तुको तौलिहवामा देउराली बुद्ध ज्योति कलेज अफ मेनेजमेन्टको उत्प्रेरणा ( मोटिभेन ) सम्बन्धी एक दिने अभिमुखीकरण संपन्न गरिएको छ । बिबिए कक्षामा अध्ययन बिद्यार्थीकालागि राखिएको अभिमुखीकरण कार्यक्रमको उदघाटन गर्दै बरिष्ठ साहित्यकार तथा समाजसेबी हरिराज शर्माले मिहीनेत लगनशीलता र अनुशासनले नै बिद्यार्थीलाई सफल बनाउने बताए । उनले सदरमुकाम मै बिबिए कक्षा चलाएर देउराली बुद्ध ज्योति कलेजले राम्रो काम गरेको बताए । उनले आफनो र देशको भबिष्यको बिकासलागि बिद्यार्थीहरु रचनात्मक काम सहीत अध्ययनशील समेत हुनु पर्ने बताए । सो अवसरमा साहित्यकार तथा पुर्व शिक्षिका पार्वती शर्माले बिद्यार्थीलाई सकारात्मक सोच र उत्प्रेरणकालागि गरिएको यो कार्यक्रम अति राम्रो भएको बताईन । उनले…
Read More
प्रमोदराज शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट ३ जना पत्रकार पुरस्कृत, अक्षयकोष डेढ लाख पुर्‍याइने घोषणा

प्रमोदराज शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट ३ जना पत्रकार पुरस्कृत, अक्षयकोष डेढ लाख पुर्‍याइने घोषणा

कपिलवस्तु, २७ भदौ । स्वर्गीय प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कारबाट कपिलवस्तुका तीन जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन्। नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले आयोजना गरेको कार्यक्रममा २०८१ सालका लागि अन्जु लामिछाने, २०८२ सालका लागि सविता गुप्ता र २०८३ सालका लागि कृष्ण पौडेल लाई स्वर्गीय प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। उहाँहरूलाई क्रियाशीलता, प्रतिभा र पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा सम्मान गरिएको हो। कार्यक्रममा पुरस्कारका अक्षयकोषदाता तथा वरिष्ठ साहित्यकार हरिराज शर्माले पुरस्कारको अक्षयकोष रकम १ लाख ५० हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्नुभयो। हाल रहेको अक्षयकोषलाई वृद्धि गर्दै आगामी दिनमा पुरस्कारलाई थप व्यवस्थित र निरन्तरता दिने उद्देश्यले रकम…
Read More
रास्वपा सरकार आएपछि पनि सुशासन कायम भएन : उपेन्द्र यादव

रास्वपा सरकार आएपछि पनि सुशासन कायम भएन : उपेन्द्र यादव

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आएपछि पनि देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन्। कपिलवस्तुको तौलिहवामा जसपा नेपाल कपिलवस्तुले आयोजना गरेको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले रास्वपा सरकार गठनपछि भ्रष्टाचार र कमिशनतन्त्रको शैली मात्रै परिवर्तन भएको, तर जनताले अपेक्षा गरेको सुशासन प्राप्त हुन नसकेको बताएका हुन्। ‘निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन। तर नयाँ शैलीमा नारा बनाइयो र रास्वपाले बहुमत पायो,’ यादवले भने, ‘बहुमत पाएपछि विकास र सुशासन हरायो। अहिले पनि देशमा कुशासन कायम छ र मुलुक आर्थिक संकटतर्फ गइरहेको छ।’ यादवले गरिब…
Read More
तौलिहवा र गोरुसिंगेमा निकालियो गाईको झाकी सहीतको गाईजात्रा

तौलिहवा र गोरुसिंगेमा निकालियो गाईको झाकी सहीतको गाईजात्रा

कपिलवस्तुकपिलवस्तुको तौलिहवा र गोरुसिंगेमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी गाईजात्रा निकालिएको छ । तौहिलवा र गोरुसिंगेमा गाईजात्राका झाँकी निकालिएका हो । नेवा खलः को आयोजनमा झाकी निकालिएको हो । पछिल्लो एक बर्ष भित्र तौलिहवामा ६ जना दिवंगत भएका परिवार आफन्त सहीतले गाईजात्रा मनाएको खलका जिल्ला अध्यक्ष हेमन्त श्रेष्ठले बताए । यसरी निकालिएका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न तथा द्रव्य दान गर्ने परम्परा छ । गाई नगर परिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका व्यक्तिले गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने धार्मिक विश्वास छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.