कपिलवस्तु नगरपालिकामा शोक बिदा, एक दिन कार्यालय तथा शैक्षिक संस्था बन्द रहने

तौलिहवा । कपिलवस्तु नगरपालिकाले वडा नं. ७ की दलित महिला वडा सदस्य फूलमती कोरीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै एक दिन शोक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाले मंगलबार सूचना जारी गर्दै वडा सदस्य कोरीको यही कात्तिक ६ गते शुक्रबार भएको असामयिक निधनले नगरपालिका परिवार स्तब्ध र मर्माहत भएको जनाएको छ।
नगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
नगरपालिकाको कात्तिक १७ गतेको निर्णयअनुसार कात्तिक १८ गते शनिबार एक दिन नगरपालिकाका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्थाहरू (अति आवश्यक सेवाबाहेक) तथा सामुदायिक, संस्थागत र धार्मिक शिक्षण संस्थाहरूमा शोक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.