सुविधा सम्पन्न नया जिम,आइरन म्यान गीरी बाट उदघाटन

कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाटोल स्थित कपिलवस्तु फिटनेस सुविधा सम्पन्न नया जिम खु्लेको छ । आइरन म्यान को उपाधी पाएका स्ट्रेन्थलिफिन्टीङ काअन्र्तराष्ट्रिय तथा पुर्वधर्मश्री बिजेता जिवन गिरीले रिबन काटेर कपिलवस्तु फिटनेसको उद्घाटन गरेका हुन । सुबिधा संपन्न जिम खुलेको प्रति शुभकामना दिदै शरीरलाई स्वास्थ्य राख्न शारीरिक अभ्यास आवश्यक रहेको गिरीले बताए का छन। अहिलेको आवश्यकता भनेको स्वास्थ्य भएको हुदा , मानिसहरु जिम क्लव तिर आर्कषन बढदै गएको गिरीले भने ।

यस्तै गरी २५ लाख भन्दा बढी लगानी गरेर एसी सुविधा सहित जिम क्लव संचालनमा ल्याएको कपिलवस्तु फिटनेसका संचालक बाबु सफा खान ले जानकारी दिएका छन । साउदी अरब कतार मलेशिया गरी आफुले २० बर्ष बैदिशक रोजागरी गरेर नेपाल फर्केको र जिमप्रेमीको रुचीलाई ध्यान दिदै जिम क्लव खोलेको खानले बताए छन । उनले जिमको आधुनिक धेरै सामानहरु चिनबाट मगाएको र यो महिना भरी एडमिसन , २ महिना, ३ महिना सहीत एक बर्ष सम्मको अग्रीम रकम तिर्नेलाई बिशेष छुटको ब्यवस्था रहेको बताए छन ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.