नवौं मेयरकप क्रिकेटको उपाधि वडा नं २ लाई

कपिलवस्तुको तौलिहवा स्थित बुद्धपदम उच्च माविको खेलमैदानमा सम्पन्न नवौँ क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर २ ले जितेको छ। वडा नम्बर १२ लाई ७५ रनले हराउँदै वडा नम्बर २ ले उपाधि जितेको हो । सो जीतसँगै वडा नम्बर २ ले नगद ८० हजार सहित कप हात पारेको हो। यस्तै उपविजेता वडा नम्बर १२ ले उपविजेता कप र नगद ४० हजार पाएको छ।

टस जितेर पहिलो ब्याटिङमा उत्रेको वडा नम्बर २ ले निर्धारित २० ओभरको खेलमा १३४ मा अल आउट भएको थियो। जवाफी ब्याटिङमा उत्रेको वडा नम्बर १२ १२।५ ओभरमा नै सबै विकेट गुमाउँदै ४९ रनमा अलाउट भएको थियो। उपाधिको जितको नायक वडा नम्बर २ का कुशल थापाले २।५ ओभरमा पाँच रन खर्चेर ६ विकेट लिएका थिए। उनी म्यान अफ द म्याच घोषित भए । वडा नम्बर २ कस सहवाज अलि दर्जीले ३४ र मुमताज अलिले ३१ रन जोडेका थिए । वडा नम्बर १२ का सरफराज अहमदले ३ विकेट तथा रघुनन्दन गुप्ता र इरफान अलीले दुईदुई विकेट लिएका थिए। वडा नम्बर २ का मल्लिक गद्दी र आकाश यादवले दुई दुई विकेट लिए । वडा नम्बर १२ का आर एस मिश्र ले २० रन बनाएका थिए।

१६७ रन र नौ विकेट लिएका वडा नम्बर २ का शिवकुमार मौर्य म्यान अफ द सिरिज घोषित भए । उनले ५,००० तथा व्यापारी आशिष सिंहले थप ५००० प्रदान गरेका थिए। यस्तै १७० रन बनाएका वडा नम्बर १२ का दभकत ब्याट्सनमा रमजानली धुनिया घोषित भए । सात विकेट लिएका वडा नम्बर ८ का कमरान खान बेस्ट बलर बने । विजयी खेलाडीलाई कप नगद मेडल प्रमाणपत्र कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक दिरेप चौधरी वडा नम्बर ३ का वडा अध्यक्ष तथा क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरे वडा नम्बर १ का वडा अध्यक्ष मोहम्मद जाहिद खा वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा। वडा नम्बर ११ का अध्यक्ष रामगोपाल यादव तथा वडा नम्बर १२ का वडाध्यक्ष इन्सानली धुनियाले प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र वडा अध्यक्ष गैरेले क्रिकेट खेललाई प्राथमिकता दिनुपर्ने बताए । प्रतियोगितामा नगरपालिकाका वडाका खेलाडी सहभागी थिए।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.