कपिलवस्तु २० असोज
दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी कपिलवस्तु जिल्लाकाे ९ स्थानमा संयुक्त यात्रु सहायता कक्ष तथा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडबाडका बेला यात्रु रुहरूको यात्रालाई सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले जिलल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा सहायता कक्ष स्थापना गरिएको छ । कपिलबस्तुको तौलिहवास्थित बसपार्कमा आयोजित औपचारिक समारोहका बीच सहायता कक्षको शुभारम्भ गरिएको छ ।उक्त समारोहमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ब्यानर पढेर कक्षको शुभारम्भ गर्दै चाडबाडमा सवारी र यात्रु रुको चाप उच्च हुने भएकाले सहायता कक्ष निकै प्रभावकारी हुने बताएका छन् । ूचाडबाडको समयमा यात्रुरुहरू ठगिने, सामान हराउने, बस छुट्ने तथा टिकट र सिट नपाउने जस्ता समस्या आउन सक्छन् यसको समाधानमा यात्रु सहायता कक्ष सहयोगी सिद्ध हुनेछ,ू मेयर पौडेलले बताए । साथै संवेदनशील सूचीमा रहेको कपिलवस्तुमा धार्मिक सद्भाव कायम राख्दै सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा निमित्त प्रमुख जिल््ला अधिकारी भविश्वर घिमिरेले चाडबाड लक्षित एकीकृत सुरक्षा रणनीति तयार पारिएको जानकारी दिँदै यात्रु सहायता कक्षले सर्वसाधारणलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न ठूलो मद्दत र्पुयाउने विश्वास व्यक्त गरेका छन् ।
भारतबाट दसैं तिहार मनाउन घर फर्किने प्रवासी नेपालीहरूको चाप नाकामा बढ्न थालेकाले सुरक्षा व्यवस्था थप कडा पारिएको कपिलबस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले बताउदै विगतमा सीमा नाका तथा यात्राका क्रममा सर्वसाधारण र प्रवासी नेपालीले सास्ती भोग्नुपरेका जनगुनासोलाई मध्यनजर गर्दै सहायता कक्ष सञ्चालनमा ल्याइएको बताएका छन् । ूनाकामा यात्रुहरु ठगिने, लुटिने र दुर्घटना हुने जोखिमलाई ध्यानमा राखी सुरक्षाकर्मीलाई निगरानी बढाउन कडा निर्देशन दिइएको छ,ू एसपी भट्टले भने यात्रु सहायताका साथै क्विक रेस्पोन्स टिम परिचालन, नागरिक(मैत्री वातावरण सिर्जना र दुर्घटना न्यूनीकरणका लागि पर्चा(पम्प्लेट वितरण तथा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिने बताएका छन् ।
जिल्लाको भौगोलिक र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सीमा क्षेत्रमा ३ र सीमा बाहिर ६ गरी कुल नौ वटा केन्द्र स्थापना गरिएको कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । सिहंका अनुसार सीमा क्षेत्रका कृष्णनगर, मर्यादपुर र चाकडचौडा तथा अन्य स्थानहरू तौलिहवा, चन्द्रौटा, गोरुसिंगे, पिपरा, बहादुरगंज र पकडीमा सहायता केन्द्र सञ्चालनमा ल्याइएको बताएको छ । प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली खटिने यी कक्षहरूबाट यात्राका क्रममा समस्यामा परेका यात्रु लाई तत्काल आवश्यक सहयोग उपलब्ध गराइने सिहले बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले चाडबाडका बेला प्रवासी नेपाली तथा आम नागरिकले सीमा नाका र सडकमा सास्ती भोग्नुपर्ने बाध्यताको अन्त्य हुने र नागरिकबीचको सहकार्यले मात्र वास्तविक सुरक्षा र सहजता सम्भव हुने उल्लेख गर्दै अध्यक्ष भुसालले स्थापना गरिएका यात्रु सहायता कक्षहरू नागरिक(मैत्री हुने बताएका छन् । यो सहायता कक्ष दशैं, तिहार र छठ पर्वको अवधिभर निरन्तर सञ्चालनमा रहने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
