पालिका विशेष

कपिलवस्तुको सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

कपिलवस्तुको सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

कपिलवस्तुको बाणगंगा नगरपालिका–१ पडेरियास्थित अमृते सामुदायिक वनमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कायर्लय पिपराकाे प्रहरी काे टाेलीले उक्त बन्दुक बरामद गरेको हो। प्रहरी टोलीले असोज १४ गते राति करिब ९ बजे सामुदायिक वनभित्र खोजतलास गर्ने क्रममा झाडीमा लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। वनभित्र बेवारिसे अवस्थामा रहेको बन्दुकमा चलेको लोड गरी राखिएको अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको बन्दुक नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। बन्दुक कसले र कुन प्रयोजनका…
Read More
देउराली बुद्ध ज्योति कलेज अफ मेनेजमेन्टमा उत्प्रेरणा संबन्धी अभिमुखीकरण

देउराली बुद्ध ज्योति कलेज अफ मेनेजमेन्टमा उत्प्रेरणा संबन्धी अभिमुखीकरण

कपिलवस्तु २८ भदौकपिलवस्तुको तौलिहवामा देउराली बुद्ध ज्योति कलेज अफ मेनेजमेन्टको उत्प्रेरणा ( मोटिभेन ) सम्बन्धी एक दिने अभिमुखीकरण संपन्न गरिएको छ । बिबिए कक्षामा अध्ययन बिद्यार्थीकालागि राखिएको अभिमुखीकरण कार्यक्रमको उदघाटन गर्दै बरिष्ठ साहित्यकार तथा समाजसेबी हरिराज शर्माले मिहीनेत लगनशीलता र अनुशासनले नै बिद्यार्थीलाई सफल बनाउने बताए । उनले सदरमुकाम मै बिबिए कक्षा चलाएर देउराली बुद्ध ज्योति कलेजले राम्रो काम गरेको बताए । उनले आफनो र देशको भबिष्यको बिकासलागि बिद्यार्थीहरु रचनात्मक काम सहीत अध्ययनशील समेत हुनु पर्ने बताए । सो अवसरमा साहित्यकार तथा पुर्व शिक्षिका पार्वती शर्माले बिद्यार्थीलाई सकारात्मक सोच र उत्प्रेरणकालागि गरिएको यो कार्यक्रम अति राम्रो भएको बताईन । उनले…
Read More
प्रमोदराज शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट ३ जना पत्रकार पुरस्कृत, अक्षयकोष डेढ लाख पुर्‍याइने घोषणा

प्रमोदराज शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट ३ जना पत्रकार पुरस्कृत, अक्षयकोष डेढ लाख पुर्‍याइने घोषणा

कपिलवस्तु, २७ भदौ । स्वर्गीय प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कारबाट कपिलवस्तुका तीन जना क्रियाशील पत्रकार पुरस्कृत भएका छन्। नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले आयोजना गरेको कार्यक्रममा २०८१ सालका लागि अन्जु लामिछाने, २०८२ सालका लागि सविता गुप्ता र २०८३ सालका लागि कृष्ण पौडेल लाई स्वर्गीय प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। उहाँहरूलाई क्रियाशीलता, प्रतिभा र पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा सम्मान गरिएको हो। कार्यक्रममा पुरस्कारका अक्षयकोषदाता तथा वरिष्ठ साहित्यकार हरिराज शर्माले पुरस्कारको अक्षयकोष रकम १ लाख ५० हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्नुभयो। हाल रहेको अक्षयकोषलाई वृद्धि गर्दै आगामी दिनमा पुरस्कारलाई थप व्यवस्थित र निरन्तरता दिने उद्देश्यले रकम…
Read More
रास्वपा सरकार आएपछि पनि सुशासन कायम भएन : उपेन्द्र यादव

रास्वपा सरकार आएपछि पनि सुशासन कायम भएन : उपेन्द्र यादव

कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आएपछि पनि देशमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन्। कपिलवस्तुको तौलिहवामा जसपा नेपाल कपिलवस्तुले आयोजना गरेको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले रास्वपा सरकार गठनपछि भ्रष्टाचार र कमिशनतन्त्रको शैली मात्रै परिवर्तन भएको, तर जनताले अपेक्षा गरेको सुशासन प्राप्त हुन नसकेको बताएका हुन्। ‘निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन। तर नयाँ शैलीमा नारा बनाइयो र रास्वपाले बहुमत पायो,’ यादवले भने, ‘बहुमत पाएपछि विकास र सुशासन हरायो। अहिले पनि देशमा कुशासन कायम छ र मुलुक आर्थिक संकटतर्फ गइरहेको छ।’ यादवले गरिब…
Read More
सुविधा सम्पन्न नया जिम,आइरन म्यान गीरी बाट उदघाटन

सुविधा सम्पन्न नया जिम,आइरन म्यान गीरी बाट उदघाटन

कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाटोल स्थित कपिलवस्तु फिटनेस सुविधा सम्पन्न नया जिम खु्लेको छ । आइरन म्यान को उपाधी पाएका स्ट्रेन्थलिफिन्टीङ काअन्र्तराष्ट्रिय तथा पुर्वधर्मश्री बिजेता जिवन गिरीले रिबन काटेर कपिलवस्तु फिटनेसको उद्घाटन गरेका हुन । सुबिधा संपन्न जिम खुलेको प्रति शुभकामना दिदै शरीरलाई स्वास्थ्य राख्न शारीरिक अभ्यास आवश्यक रहेको गिरीले बताए का छन। अहिलेको आवश्यकता भनेको स्वास्थ्य भएको हुदा , मानिसहरु जिम क्लव तिर आर्कषन बढदै गएको गिरीले भने । यस्तै गरी २५ लाख भन्दा बढी लगानी गरेर एसी सुविधा सहित जिम क्लव संचालनमा ल्याएको कपिलवस्तु फिटनेसका संचालक बाबु सफा खान ले जानकारी दिएका छन । साउदी अरब कतार…
Read More
एनजिओद्वारा सरकारी भवन कब्जा, कसले खायो मुआब्जा ?

एनजिओद्वारा सरकारी भवन कब्जा, कसले खायो मुआब्जा ?

कपिलवस्तुको शिवराज नगरपालिकामा विद्यालय समायोजनपछि रिक्त रहेको सरकारी भवन गैरसरकारी संस्था (एनजिओ)ले प्रयोग गरिरहेको पाइएको छ। शिवराज नगरपालिका–११, बनकट्टीस्थित ८ कोठे पक्की विद्यालय भवनसहित करिब ५ कट्ठा क्षेत्रफलमा रहेको जग्गा सिद्धार्थ सामाजिक विकास केन्द्रले वैशाखदेखि प्रयोग गर्दै आएको छ । कुनै बेला सार्वजनिक जग्गा खाली गराउन डोजर लिएर पुग्ने शिवराज नगरपालिकाका जिम्मेवारहरु नै मौन बसेपछि सिद्धार्थले सरकारी विद्यालय भवन प्रयोग गरिरहेको स्थानीयको आरोप छ। शिवराज नगरपालिकाका तीनवटा वडामा एक्सनएड नेपालको सहयोगमा ‘स्थानीय अधिकार कार्यक्रम’ सञ्चालन गरिरहेको सिद्धार्थले परियोजना कार्यान्वयन इकाइको कार्यालयका लागि उक्त भवन प्रयोग गरेको हो। कर्मचारी स्रोतका अनुसार शिक्षा तथा सामाजिक शाखा हेर्ने प्रमुख पूर्ण विश्वकर्माको योजनामा संस्थालाई…
Read More
बुद्धभूमि नगरपालिकामा जिल्ला मै पहिलो आधारभूत कर सेवा प्रारम्भ

बुद्धभूमि नगरपालिकामा जिल्ला मै पहिलो आधारभूत कर सेवा प्रारम्भ

कपिलवस्तु २६ साउनबुद्धभूमि नगरपालिकामा जिल्ला मै पहिलो आधारभूत कर सेवा प्रवाह गर्ने कार्यको शुभारम्भ गरिएको छ । नगरपालिकाको आयोजना र आन्तरिक राजस्व कार्यालय कृष्णनगरको संयाजनमा सो सेवाको शुभारम्भ मंगलवा देखि सुभारम्भ गरिएको हो । यससंगै करसम्बन्धी आधारभूत सेवाहरू पालिका भित्रै पाईनछ । त्यस सम्बन्धी कर कार्यालय बिच संझौता गरी हस्तान्तरण समेत गरिएको छ । कर कार्यालयका प्रमुख कृष्णप्रसाद न्यौपाने र नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत यमकान्त पाण्डेयले संझौता पत्रमा हस्ताक्षर समेत गरेका थिए । ब्यानर पढेर सेवा शुभाम्भ भएको उदघाटन गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले यहीबाटै प्यान बनाइएको २ संस्थालाई प्यानको प्रमाण पत्र समेत हस्तान्तरण गरेका थिए । उनले अब…
Read More
वन संरक्षणमा उत्कृष्ट कार्य गर्ने कपिलवस्तुका दुई वन राष्ट्रियस्तरमा पुरस्कृत हुने

वन संरक्षणमा उत्कृष्ट कार्य गर्ने कपिलवस्तुका दुई वन राष्ट्रियस्तरमा पुरस्कृत हुने

कपिलवस्तु २१ साउनबन संबद्र्धन, प्रबद्र्धन सहीत वन संरक्षणमा उदाहरणीय काम गरेको भन्दै कपिलवस्तुका २ वन राष्ट्रिय स्तरमै पुरस्कृत हुने भएका छन । कृषि वन तथा पर्यावरण मन्त्रालय अन्र्गत वन तथा भु–संरक्षण बिभागले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित काईली चौर साना किशान सामुदायिक वन उपभोक्ता समुह र बाणगंगा नगरपालिका वडा नम्बर १० स्थित मायादेबी साझेदारी वनलाई पुरस्कृत गर्न लागेको हो । डिभिजन वन कार्यालय कपिलवस्तुका सुचना अधिकारी यादव सापकोटा अनुसार कोइली चोर वन गणेशमान सिंह सामुदायिक वन तथा मायादेबी साझेदारी वन साझेदारी वन राष्ट्रिय पुरस्कारबाट पुस्कृत हुने भएको हो । बिभागले साउन २५ गते ललितपुरमा दुबै वनलाई पुस्कृत गर्ने…
Read More
कालिका स्वा. सा. केन्द्रमा आफन्त भर्तिको अखाडा, करोडौं परियोजना माथी गम्भीर प्रश्न

कालिका स्वा. सा. केन्द्रमा आफन्त भर्तिको अखाडा, करोडौं परियोजना माथी गम्भीर प्रश्न

साउन १९, २०८ग्रामीण भेगका विपन्नहरुको सर्वाङ्गीण विकासका लागि खोलिएका गैरसरकारी संस्थाहरु आफन्त, नातागोता र नजिकका साथीभाइको आर्थिक हैसियत उकास्न प्रयोग भएको पाइएको छ । अशिक्षा, गरिबी तथा कुपोषणका तथ्याङ्क देखाएर दातृ निकायसँग अनुदान लिने कपिलवस्तुका गैर नाफामूलक संघ संस्थामा सामाजिक तथा आर्थिक भ्रष्टाचार मौलाउदै गएको चर्चा छ ।जिल्लामा सबैभन्दा बढी दातृ निकायबाट अनुदान रकम सम्झौता गरेको कालिका स्वावलम्बन सामाजिक केन्द्रले विपन्न लक्षित कार्यक्रम आफन्त लक्षित गरेको आरोप लाग्न थालेको छ । उक्त संस्थाका अधिकांश कार्यक्रम, योजना तथा क्रियाकलापसँगै कर्मचारी भर्ना समेत सञ्चालक तथा कार्यकारी निर्देशकका परिवारको एकल नियन्त्रणमा रहेकाले पनि त्यसो गर्न सहज बनेको उनीहरुको दाबी छ । कालिकाले सञ्चालन…
Read More
कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभाको दोस्रो बैठक सम्पन्न

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभाको दोस्रो बैठक सम्पन्न

कपिलवस्तु, असार ३१। कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभाको दोस्रो बैठक मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।नगरसभामा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै विभिन्न विषयगत समितिका प्रतिवेदनमाथि समेत समीक्षा गरिएको थियो। बैठकमा नगरपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ तथा सुशासनलाई प्रभावकारी बनाउने विषयमा नगर प्रमुख सुदिप पौडेलले बताए का थिए। बैठकमा उपप्रमुख सुनिता गुप्ता , प्रमुख प्रशासकीय अधिकृत बिनय श्रीवास्तव , वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नगरसभाबाट आवश्यक प्रस्ताव तथा निर्णयहरू पारित गर्दै आगामी आर्थिक वर्षका कार्यक्रमहरूलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको नगरपालिकाले जनाएको छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.