कपिलवस्तु २८ भदौ
कपिलवस्तुको तौलिहवामा देउराली बुद्ध ज्योति कलेज अफ मेनेजमेन्टको उत्प्रेरणा ( मोटिभेन ) सम्बन्धी एक दिने अभिमुखीकरण संपन्न गरिएको छ । बिबिए कक्षामा अध्ययन बिद्यार्थीकालागि राखिएको अभिमुखीकरण कार्यक्रमको उदघाटन गर्दै बरिष्ठ साहित्यकार तथा समाजसेबी हरिराज शर्माले मिहीनेत लगनशीलता र अनुशासनले नै बिद्यार्थीलाई सफल बनाउने बताए । उनले सदरमुकाम मै बिबिए कक्षा चलाएर देउराली बुद्ध ज्योति कलेजले राम्रो काम गरेको बताए । उनले आफनो र देशको भबिष्यको बिकासलागि बिद्यार्थीहरु रचनात्मक काम सहीत अध्ययनशील समेत हुनु पर्ने बताए । सो अवसरमा साहित्यकार तथा पुर्व शिक्षिका पार्वती शर्माले बिद्यार्थीलाई सकारात्मक सोच र उत्प्रेरणकालागि गरिएको यो कार्यक्रम अति राम्रो भएको बताईन । उनले अहिले बिभिन्न बिषय अध्ययनकालागि आफनै गाउठाउमा सुबिधा रहेकोले बिद्यार्थीहरुलाई धेरै सजिलो बताएको बताईन । उनले मिहिनेत र लगनशील भएर अध्ययन गर्न बिद्यार्थीैलाई सुझाव समेत दिईन ।

कार्यक्रममा कलेजका अध्यक्ष प्रकाश गैरले देउराली बुद्धज्योति कलेजमा संचालन गरिएको बिबिए कक्षा उत्कष्ठ रहेको दाबी गरे । उनले सुबिधा संपन्न कक्षा कोठा सहति कम्युटर ल्याब समेत रहेकोले बिद्यार्थीहरुलाई अध्ययनकालागि सजिलो भएको बताए । अहिले यही कलेजका बिद्यार्थील प्रदेश मै राम्रो अंक ल्याएको बताए । उनले स्थानीय स्तरमा खुलेको बिद्यालयहरुलाई प्राथमिकता दिनु् पर्ने बताए । कार्यक्रममा अभिभावहरु बिरेन्द्र चौधरी, रोमलाल पौडेलले कलेजमा पढाई र अनुशासनलाई बिशेष ख्याल गर्नु पर्ने सुझाव दिए । कार्यक्रममा राम्रो अंक ल्याउने बिद्यार्थीलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा सुनिल कुमार कसौधन बिद्यार्थी अजय तेलीले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा उत्प्रेरक मनिष मिश्राले उत्प्रेरण सम्बन्धी अभिमुखीकरण छलफल र जानकारी गराएका थिए । कार्यक्रम प्रकाश गैरेको अध्यक्षता र अशिष आचार्यको संचालनमा भएको थियो ।

