कर्णाली प्रदेश

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तुबाट १० खेलाडी छनोट

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तुबाट १० खेलाडी छनोट

कपिलवस्तु । आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि कपिलवस्तु जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न छनोट प्रतियोगिताबाट ५ पुरुष र ५ महिला गरी १० जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्। छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा कपिलवस्तु जिल्लाको प्रतिनिधित्व गर्नेछन्। जिल्लाका ६ वटा स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा ४४ पुरुष र ७ महिला गरी कुल ५१ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। राष्ट्रिय ब्याडमिन्टन प्रशिक्षक राजेश शाक्यका अनुसार जिल्लाभरिका खेलाडीलाई सहभागी गराउँदै छनोट प्रतियोगिता सञ्चालन गरिएको हो। छनोट प्रतियोगिताका क्रममा जिल्ला खेलकुद विकास…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.