Khabarwarpar

94 Posts
कपिलवस्तु नगरपालिकाका १५ बिद्यालयलाई क्रिकेट सामाग्री

कपिलवस्तु नगरपालिकाका १५ बिद्यालयलाई क्रिकेट सामाग्री

कपिलवस्तु क्रिकेट खेलाडीलाई प्रोत्साहीत गर्न कपिलवस्तु नगरपालिका भित्र रहेको १५ सामुदायिक माबिलाई क्रिकेट सामाग्री प्रदान गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा कपिलवस्तु त्रिकेट संघले नगर भित्र रहेका सबै माबिहरुलाई क्रिकेट सामागी उपलब्ध गराएको हो । मेयर सुदीप पौडेल, संघका जिल्ला अध्यक्ष प्रकाश गैरे सहीतका टोलीले नगरपालिकाको हलमा आयोजित कार्यक्रममा बिद्यालयलाई क्रिकेट सामाग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा मेयर पौडेलले नेपालमा क्रिकेटको ठुलो संभावना रहेकोले बिद्यार्थीहरुलाई अभ्यासकालागि क्रिकेट सामाग्री प्रदान गरिएको बताए । उनले क्रिकेट खेलले नेपाललाई नै चिनाउने काम गरको र अहिले क्रिकेटबाटै खेलाडीले राम्रो पारिश्रमिक समेत पाउने गरकोले क्रिकेट खेल नेपालकालागि सुहाउदो रहेको बताए । खेलाडीहरुले मिहीनेत लगानशीता…
Read More
सामी कार्यक्रम मार्फत कपिलवस्तुमा १२ हजार बढीले लिए परामर्श सेवा

सामी कार्यक्रम मार्फत कपिलवस्तुमा १२ हजार बढीले लिए परामर्श सेवा

कपिलवस्तुकपिलवसतुमा संचालितसुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत चालु आर्थिक २०८२÷०८३ मा १२ हजार बढीले पारशर्म सेवा लिएका छन । नागरिकले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श सेवा लिएका हुन सामी कार्यक्रमको तौलिहवामा राखिएको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा जिल्ला संयोजक सुभाष रेग्मीले सो बिवरण पूस्तुत गरेका हुन । साउन १ गतेदेखि असार १५ गतेसम्म १२ हजार १ सय २ जनाले व्यक्तिगत तथा सामूहिक परामर्श सेवा लिएको उनले बताए हुन् । यस अवधिमा वैदेशिक रोजगारीमा जान चाहने ३ हजार ३ सय ६८ जनालाई गहन अभिमुखीकण पनि दिइएको थियो । कार्यक्रमअन्तर्गत एक हजार ४ सय ९८ जनासँग फोनमार्फत फलोअप गरिएको थिया…
Read More
मायोदबी साझेदारी द्धारा साढे ११ हजार फलफुलको बिरुवा बितरण

मायोदबी साझेदारी द्धारा साढे ११ हजार फलफुलको बिरुवा बितरण

कपिलवस्तुवन संरक्षण र प्रबद्र्धनमा उत्कृष्ट काम गर्दै आएको कपिलवस्तुको मायादेबी साझेदारी वनले फलफलुको बिरुवा बितरण सुरु गरेको छ । साढे ११ हजार फलफुलको बिरुवा बितरणकालागि तयारी अघि बढाएको हो । साझेदारी वनका अध्यक्ष दिनेश जैसवालले साझेदारी वनको क्षेत्र भित्र पर्ने वडा वडा बिरुवा बितरणकालागि पुर्याइ सकिएको बताए । उनले प्रत्येक वडामा ७ सयका दरले फलफुलको बिरुवा बितरण गर्ने तयारी गरिएको उनले बताए । केही बिरुवाहरु भेन बितरण गरी सकिएको छ । यस बर्ष साढे ७ हजार आप, ढाई हजार लिची , एक हजार कटहर र एक हजार कागतीका बिरुवा बितरण गरिने जैसवलाले बताए । उनले पहिलो चरणमा साढे ११ हजार…
Read More
चौथो  मेयर कप–२०८३ सुरु, नगर तथा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन

चौथो मेयर कप–२०८३ सुरु, नगर तथा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन

तौलिहवा, कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा 'चौथो मेयर कप–२०८३' अन्तर्गत नगर एवं जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति, कपिलवस्तु ले गरेको हो। कपिलवस्तु जिल्ला ब्याडमिन्टन संघ ले प्राविधिक सहयोग गरेको छ भने कपिलवस्तु नगरपालिका ले आर्थिक सहयोग प्रदान गरेको छ। प्रतियोगिता मार्फत जिल्लामा ब्याडमिन्टन खेलको विकास, नयाँ खेलाडीको पहिचान तथा खेल संस्कृतिको प्रवर्द्धन हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ। प्रतियोगितामा नगर प्रमुख सुदिप पौडेल ,प्रदेश सान्सद सुधारक पान्डे तथा जिल्लाका विभिन्न खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ। प्रतियोगितामा बिगिनर्स कपिलवस्तु नगरपालिका लेभल, यू–१५ बालक एकल जिल्ला स्तर, महिला एकल खुला जिल्ला स्तर,…
Read More
कपिलवस्तुमा कालो स्टीकर हटाउने अभियान सुरु,पहिलो दिन मै ४३ वटा गाडीको कालो स्टिकर हटाईयो

कपिलवस्तुमा कालो स्टीकर हटाउने अभियान सुरु,पहिलो दिन मै ४३ वटा गाडीको कालो स्टिकर हटाईयो

कपिलवस्तु १८ असारनियम बिपरित गाडीमा लगाइएको कालो स्टीकर हटाउने अभियान कपिलवस्तुमा सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाभर यो अभियान सुरु गरेको हो । अभियान सुरु गरको पहिलो दिन मै ४२ वटा गाडीको कालो स्टकिर हटाइएको ट्राफि कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले बताए । जिल्लाका विभिन्न स्थानमा ट्राफिकले चेकजाँचलाई तीव्र बनाइएको ढकालले बताए । उनका अनुसार कालो स्टिकर प्रयोग गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिएर स्टिकर हटाउने काम गरिएको हो । अभियानमा मातहतका ट्राफिक इकाइहरू पनि सहभागी थिए । सवारीसाधनको सिसामा अत्यधिक कालो स्टिकर प्रयोग गर्दा चालकको दृश्य क्षमता प्रभावित हुने, सडक सुरक्षामा जोखिम बढ्ने तथा आपराधिक घटनाको अनुसन्धानमा…
Read More
राष्ट्रिय कृषि आधुनीकीकरण कार्यक्रम र कृषि ज्ञान केन्द्रको कार्यक्रमको संयुक्त अनुगमन

राष्ट्रिय कृषि आधुनीकीकरण कार्यक्रम र कृषि ज्ञान केन्द्रको कार्यक्रमको संयुक्त अनुगमन

कपिलवस्तु १८ असारराष्ट्रिय कृषि आधुनीकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वय एकाई कपिलवस्तु र कृषि ज्ञान केन्द्रका कार्यक्रमहरुको संयुक्त अनुगन गरिएको छ । जिल्ला समन्वय प्रमुख बाबुराम आचार्य प्रजिअ जर्नादन गौतम सहीतको सरोकारवाला सहीतको टोलीले कार्यान्वयन एकाईका २ र कृषि ज्ञान केन्द्रका २ गरी स्थानमा रहको कामको अनुगन गरिएको हो । बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित जनसेवा बहुमुखी सहकारी संस्था लिमिटेडमा कार्यक्रम कार्यान्वयन एकाईले आर्थिक बर्ष २०७३÷०७४ देखि नै अनुदान दिन सुरु गरेको थियो । प्रशोधन मेशीन र निर्माण गरी कुल १ करोड २१ लाख २२ हजार अनुदान पाएको सहकारीका अध्यक्ष द्रोण कुरमा सबेदीले बताए । संस्थाले बचत तथा ऋण बीउ बिजनज…
Read More
आखा शिबिरमा ३ सय बढीको आखा जाच र एक सय नौ जनालाई चश्मा बितरण

आखा शिबिरमा ३ सय बढीको आखा जाच र एक सय नौ जनालाई चश्मा बितरण

कपिलवस्तु १४ असारकपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित वडा कार्यालयमा एक दिने निःशुल्क आखा शिबिर संपन्न गरिएको छ । वडा कार्यालयको सहायोगमा दोहनी सामुदायिक अध्ययन केन्द्रको आयोजनामा गरिएको शिबिरमा ३ सय बढीको निःशुल्क आखा जाच गरिएको थियो । यस्तै सोही शिबिरमा १ सय ९ जनालाई निःशुल्क चश्मा समेत उपलब्ध गराइएको केन्द्रका अध्यक्ष देबेन्द्र राजु पाण्डेयले बताए । शिबिरको शुभारम्भ गर्दै पुर्वं सांसद तथा कांग्रेसका महामन्त्री सुरेन्द्रराज आचार्यले गरीब र बिपन्न परिवार लक्षित यो शिबिरले आखाका रोगीहरु लाभांबित भएको बताए । उनले वडाले वडाबासीहरुकै लागि आफनै वडामा गरको यो काम सराहनीय रहेको बताए । उनले प्रभावकारी स्वास्थ्य उपचारकालागि तीनै तहका सरकारले…
Read More
स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सञ्चारकर्मीका लागि सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न

स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सञ्चारकर्मीका लागि सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न

कपिलवस्तु, सञ्चारकर्मीहरूलाई स्वास्थ्य प्रवर्द्धनका विषयमा थप जानकारी गराउँदै प्रभावकारी सञ्चार र पैरवीमार्फत जनस्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले "स्वास्थ्य प्रवर्द्धनसम्बन्धी सञ्चारकर्मीहरूका लागि सञ्चार तथा पैरवी कार्यक्रम" कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, राप्ती उपत्यका (देउखुरी), दाङ को आयोजनामा सम्पन्न कार्यक्रममा कपिलवस्तु जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य अधिकृत विष्णु आचार्य ले सहजीकरण गर्दै स्वास्थ्य प्रवर्द्धन, रोगको रोकथाम, स्वस्थ जीवनशैली, जनचेतनामूलक सन्देशको प्रभावकारी सम्प्रेषण तथा सञ्चारमाध्यमको भूमिकाबारे प्रस्तुति दिएका थिए। साथै स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार सम्प्रेषण गर्दा तथ्यपरक, सन्तुलित र जनहितमुखी सामग्रीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो। यस्तै स्वास्थ्य…
Read More
कपिलवस्तु नगरपालिका स्तरीय क्रिकेट वडा नम्बर २ लाई

कपिलवस्तु नगरपालिका स्तरीय क्रिकेट वडा नम्बर २ लाई

कपिलवस्तु कपिलवस्त नगरपालिकामा आयोजित नगर स्तरीय क्रिकेट प्रतियोगीता वडा नम्बर २ ले जितेको छ । वडा नम्बर १२ लाई १५ रनले हराउँदै वडा नम्बर २ ले कप सहित नगद ६० हजार हात पारेको हो । यस्तै उपविजेता वडा नम्बर १२ ले नगद ३० हजार र उप विजेता कप हासिल गरेको छ । कपिलवस्तु क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताका विजय टोलीलाई मेयर सुदिप पौडेल संघका अध्यक्ष प्रकाश गैरे वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खान वडा नम्बर ४ का अध्यक्ष रविन्द्र तिवारी लगायतको टोलीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको म्यान अफ द सिरिज पडा नम्बर २ का शिवकुमार मौर्य…
Read More
सञ्चार साक्षरताका लागि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

सञ्चार साक्षरताका लागि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपिलवस्तु, असार ८ । सञ्चार तथा मिडियाको प्रभावकारी प्रयोग, सूचना पहुँच र सञ्चार साक्षरताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कपिलवस्तु नगरपालिका वडा नं . ३ मा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको आयोजनामा तथा कपिलवस्तु नगरपालिका वडा नं. ३ को सहयोगमा सोमबार वडा कार्यालयको हलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूलाई सञ्चार साक्षरताको महत्व, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, गलत सूचना तथा भ्रामक समाचारको पहिचान र सूचना प्रविधिको सुरक्षित प्रयोगबारे प्रशिक्षक नेपाल प्रेस युनियनका सभापती खग चापागाई जानकारी गराएका थिए। वर्तमान डिजिटल युगमा सञ्चार साक्षरता नागरिकका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै सही सूचना ग्रहण तथा सम्प्रेषणमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.