सञ्चार साक्षरताका लागि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

सञ्चार साक्षरताका लागि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपिलवस्तु, असार ८ । सञ्चार तथा मिडियाको प्रभावकारी प्रयोग, सूचना पहुँच र सञ्चार साक्षरताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कपिलवस्तु नगरपालिका वडा नं . ३ मा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको आयोजनामा तथा कपिलवस्तु नगरपालिका वडा नं. ३ को सहयोगमा सोमबार वडा कार्यालयको हलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागीहरूलाई सञ्चार साक्षरताको महत्व, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, गलत सूचना तथा भ्रामक समाचारको पहिचान र सूचना प्रविधिको सुरक्षित प्रयोगबारे प्रशिक्षक नेपाल प्रेस युनियनका सभापती खग चापागाई जानकारी गराएका थिए। वर्तमान डिजिटल युगमा सञ्चार साक्षरता नागरिकका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै सही सूचना ग्रहण तथा सम्प्रेषणमा सबैले सचेत हुनुपर्ने चापगाइले धारणा राखेका थिए।

यस्तै गरी कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं ३ का वडा अध्यक्ष रुद्र बहादुर गैरे ( प्रकाश) ले सहभागीहरूले सञ्चार साक्षरतासम्बन्धी यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए। यस्ता कार्यक्रमले सवैमा जन चेतना फैलाउनु को साथै सवैले सुरक्षीत तरिका बाट डिजिटल प्रयोग गर्नु पर्ने गैरे ले बताए । कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, सामाजिक अगुवा, तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.