कपिलवस्तु १८ असार
नियम बिपरित गाडीमा लगाइएको कालो स्टीकर हटाउने अभियान कपिलवस्तुमा सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाभर यो अभियान सुरु गरेको हो । अभियान सुरु गरको पहिलो दिन मै ४२ वटा गाडीको कालो स्टकिर हटाइएको ट्राफि कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले बताए । जिल्लाका विभिन्न स्थानमा ट्राफिकले चेकजाँचलाई तीव्र बनाइएको ढकालले बताए । उनका अनुसार कालो स्टिकर प्रयोग गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिएर स्टिकर हटाउने काम गरिएको हो । अभियानमा मातहतका ट्राफिक इकाइहरू पनि सहभागी थिए । सवारीसाधनको सिसामा अत्यधिक कालो स्टिकर प्रयोग गर्दा चालकको दृश्य क्षमता प्रभावित हुने, सडक सुरक्षामा जोखिम बढ्ने तथा आपराधिक घटनाको अनुसन्धानमा समेत कठिनाइ हुने भएकाले यस्तो अभियान सञ्चालन गरिएको हो ।सवारी तथा यातायात व्यवस्था ऐनले सम्बन्धित निकायको स्वीकृतिबिना सवारीसाधनको स्वरूप परिवर्तन गर्न निषेध गरेको छ । सोही कानुनी प्रवाधान अनुसार जडान गरिएका गैर कानुनी कालो स्टिकर हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रहरी सहायक निरीक्षक सर्जन प्रसाद थारुले बताए । ट्राफिक प्रहरीले सवारी धनीलाई कानुनको पूर्ण पालना गर्न तथा नियम विपरीतका कालो स्टिकर प्रयोग नगर्न आग्रह गरिएको छ । यस्तो अनुगमन र कारबाही अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी निरीक्षक ढकालले बताए ।
कपिलवस्तुमा कालो स्टीकर हटाउने अभियान सुरु,पहिलो दिन मै ४३ वटा गाडीको कालो स्टिकर हटाईयो