कपिलवस्तु नगरपालिकाका १५ बिद्यालयलाई क्रिकेट सामाग्री

कपिलवस्तु नगरपालिकाका १५ बिद्यालयलाई क्रिकेट सामाग्री

कपिलवस्तु
क्रिकेट खेलाडीलाई प्रोत्साहीत गर्न कपिलवस्तु नगरपालिका भित्र रहेको १५ सामुदायिक माबिलाई क्रिकेट सामाग्री प्रदान गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा कपिलवस्तु त्रिकेट संघले नगर भित्र रहेका सबै माबिहरुलाई क्रिकेट सामागी उपलब्ध गराएको हो । मेयर सुदीप पौडेल, संघका जिल्ला अध्यक्ष प्रकाश गैरे सहीतका टोलीले नगरपालिकाको हलमा आयोजित कार्यक्रममा बिद्यालयलाई क्रिकेट सामाग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा मेयर पौडेलले नेपालमा क्रिकेटको ठुलो संभावना रहेकोले बिद्यार्थीहरुलाई अभ्यासकालागि क्रिकेट सामाग्री प्रदान गरिएको बताए । उनले क्रिकेट खेलले नेपाललाई नै चिनाउने काम गरको र अहिले क्रिकेटबाटै खेलाडीले राम्रो पारिश्रमिक समेत पाउने गरकोले क्रिकेट खेल नेपालकालागि सुहाउदो रहेको बताए । खेलाडीहरुले मिहीनेत लगानशीता र अभ्यायसले अघि बढनु पर्ने र खेलाडीहरुलाई समेत आगामी दिनमा नगरपालिकाको सहयोग जारी राख्ने बताए । प्रत्येक बिद्यालयलाई चार वटा ब्याट, बल, ग्लोब्स, स्टम्प लगायतका सामाग्र प्रदान गरिएको संघका अध्यक्ष गैरेले बताए । उनले आगामी दिनमा संघले नगर बिद्यालय स्तरीय प्रतियोगीता राख्ने बताए । त्यसकालागि अभ्यास गर्न खेलाडीहरुलाई सहजताकालागि सामाग्री हस्तान्तरण गरिएको बताए । अध्यक्ष गैरको अध्यक्षता र कोषाध्यक्ष पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रममा संघका सदस्यहरु , बिद्यालयका प्रअ र प्रतिनिधिहरु सहभागी थिए ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.