तौलिहवा, कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा ‘चौथो मेयर कप–२०८३’ अन्तर्गत नगर एवं जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति, कपिलवस्तु ले गरेको हो। कपिलवस्तु जिल्ला ब्याडमिन्टन संघ ले प्राविधिक सहयोग गरेको छ भने कपिलवस्तु नगरपालिका ले आर्थिक सहयोग प्रदान गरेको छ। प्रतियोगिता मार्फत जिल्लामा ब्याडमिन्टन खेलको विकास, नयाँ खेलाडीको पहिचान तथा खेल संस्कृतिको प्रवर्द्धन हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ। प्रतियोगितामा नगर प्रमुख सुदिप पौडेल ,प्रदेश सान्सद सुधारक पान्डे तथा जिल्लाका विभिन्न खेलाडीहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।

प्रतियोगितामा बिगिनर्स कपिलवस्तु नगरपालिका लेभल, यू–१५ बालक एकल जिल्ला स्तर, महिला एकल खुला जिल्ला स्तर, जिल्ला स्तरीय मेन्स डबल्स तथा ४५ वर्षमाथिका भेट्रान्स डबल्स विधामा प्रतिस्पर्धा हुने खेलकुद बिकास समिति का प्रमुख मीन प्रसाद पोखरेल ले जनाएको छ। बिगिनर्स, यू–१५ बालक एकल र महिला एकलतर्फका खेलहरू असार १३ देखि १४ गतेसम्म सञ्चालन भयेको छ भने मेन्स डबल्स र ४५ वर्षमाथिका भेट्रान्स डबल्स प्रतियोगिता असार २० देखि २१ गतेसम्म संचालन गरिएको पोखरेल ले बताए ।
