कपिलवस्तु
कपिलवसतुमा संचालितसुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत चालु आर्थिक २०८२÷०८३ मा १२ हजार बढीले पारशर्म सेवा लिएका छन । नागरिकले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श सेवा लिएका हुन सामी कार्यक्रमको तौलिहवामा राखिएको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा जिल्ला संयोजक सुभाष रेग्मीले सो बिवरण पूस्तुत गरेका हुन । साउन १ गतेदेखि असार १५ गतेसम्म १२ हजार १ सय २ जनाले व्यक्तिगत तथा सामूहिक परामर्श सेवा लिएको उनले बताए हुन्

। यस अवधिमा वैदेशिक रोजगारीमा जान चाहने ३ हजार ३ सय ६८ जनालाई गहन अभिमुखीकण पनि दिइएको थियो । कार्यक्रमअन्तर्गत एक हजार ४ सय ९८ जनासँग फोनमार्फत फलोअप गरिएको थिया े। तीमध्ये ३१ जना वैदेशिक रोजगारीमा गएको तथा उनीहरूले आवश्यक कागजात सुरक्षित राखेको जानकारी कार्यक्रममा दिइएको थियो । जिल्लामा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा चालु आर्थिक वर्षमा २ सय ले आफनो समस्या दर्ता गरेका थिए । जस मध्ये १ सय ४४ समाधान गरिएको र र ६१ वटा बाकी रहेको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकका लागि क्षतिपूर्ति तथा आर्थिक सहजीकरण मार्फत ४ करोड ६९ लाख ४३ हजार २ सय ५१ रुपैयाँ उपलब्ध गराइएको थियो । वित्तीय साक्षरताअन्तर्गत सञ्चालन गरिएका कार्यक्रममा ३ सय ४१ जना लाभान्वित भएका थिए । विदेशबाट प्राप्त आम्दानीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र पारिवारिक आर्थिक व्यवस्थापन सुधार गर्न यस्ता कार्यक्रम सञ्चालन गरिएको संयोजक रेग्मीले बताए । यस्तै मनोसामाजिक परामर्श सेवामार्फत १ सय ३२ जनाको समस्या पहिचान गरिएकोमा ९० जनाको समस्या समाधान भएको छ भने ४० जना परामर्शकै प्रक्रियामा छन परामर्शमा आएका अधिकांश सेवाग्राहीमा पीर–चिन्ता र निराशापनसम्बन्धी समस्या देखिएको छ ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, बुद्धमभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, प्रजिअ जर्नादन गौतमले सामी कार्यक्रमले बैदेशिक रोजागरीमा जानेहरुलाई सचेत गराउनु काम गरेको साथै समस्यामा परेकालाई समेत सहयोग गर्ने गरेको बताए । उनीहरुले बैदेशिक रोजागरीमा जानेहरुले प्रकृया मापदण्ड लगायतका सबै कुराहरु बुझेर मात्र जानु पर्ने बताए । कपिलवस्तु, बाणगंगा, बुद्धभुमी र शिवराज नगरपालिका तथा मायादेवी गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन हुँदै आएको छ ।।समीक्षा कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा हुने ठगी, क्षतिपूर्ति प्राप्तिमा हुने ढिलाइ, विदेशमा अलपत्र परेका श्रमिकको उद्धार तथा वैदेशिक रोजगारीका कारण परिवारमा देखिने मानसिक र सामाजिक समस्यालाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको थियो।समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह, वैदेशिक रोजगार विभाग र आप्रवासी स्रोत केन्द्रबीच समन्वयलाई थप प्रभावकारी बनाउँदै लगिएको कार्यक्रमका सहभागीहरूले बताएका छन ।

कार्यक्रममा कबिता गौतमले बैदेशिक रोजागारी समबन्धी घटना अध्ययनका बिवरण प्रस्तुत गरेकी थिईन । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडको अध्यक्षता र अनन्ता न्यौपानको स्वागत मन्तब्यमा भएको कार्यक्रममा सुद्धोधन गाउपालिकाका मेयर कमलेशशरण चौधरी, उप मेयर होमप्रका चौधरी, बाणगंगा नगरपालिकाकी उप मेयर रिता कुमारी चौधरी, मायादेबी गाउपालिकाकी उृप मेयर सरस्वती यादव सामी कार्यक्रमका प्रदेश संयोजक जियाउल हक मनिहार लगायतको सहभागीता थियो ।

