कपिलवस्तु
कपिलवस्त नगरपालिकामा आयोजित नगर स्तरीय क्रिकेट प्रतियोगीता वडा नम्बर २ ले जितेको छ । वडा नम्बर १२ लाई १५ रनले हराउँदै वडा नम्बर २ ले कप सहित नगद ६० हजार हात पारेको हो । यस्तै उपविजेता वडा नम्बर १२ ले नगद ३० हजार र उप विजेता कप हासिल गरेको छ । कपिलवस्तु क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताका विजय टोलीलाई मेयर सुदिप पौडेल संघका अध्यक्ष प्रकाश गैरे वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खान वडा नम्बर ४ का अध्यक्ष रविन्द्र तिवारी लगायतको टोलीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको म्यान अफ द सिरिज पडा नम्बर २ का शिवकुमार मौर्य भएका छन् । उनले नगद ३ हजार पाए । पहिलो ब्याटिङ गरी निर्धारित १५ ओभरको खेलमा नौ बिकेट गुमाउदै वडा नम्बर २ ले ९६ रन बनाएको थियो ।

प्रतिउत्तरमा वडा नम्बर १२ सबै बिकेट गुमाउदै ८१ रनमा समेटिएको थियो । वडा नम्बर २ का पवन कुमार गुप्ताले अर्ध सतकीय पारी खेल्दै ५१ रन बनाएका थिए । नम्बर २ का कमल थापाले लिएका थिए । यस्तै वडा नम्बर १२ का कमर हुसेनले २१ रन बनाए । यस्तै वडा नम्बर १२ का ईरफान अलीले ३ बिकेट लिए । सो अवसरमा मेयर पौडेलले यस्तो गर्मीको बेलामा समेत खेलाडीहरुले मिहीनेत र अनुसासित तरिकाले खेल खेलेकोमा धन्यबाद दिएका थिए । उनले आगामी दिनमा समेत खेल प्रतिको लगाव र उत्साह बढाउन उनले आग्रह गरे । नगरपालिकाले खेलको विकासमा सक्दो लगानी सहीत साथ दिने उनले प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा संघका जिल्ला अध्यक्ष प्रकाश गैरले संघले क्रिकेट खेलाडीको प्रतिभा बाढउन आवश्यक प्रशिक्षण प्रतियोगीता जारी राख्ने बताए । गत असार ६ गते प्रतियोगीता सुरु गरिएको थियो। प्रतियोगीतामा १२ वटा वडाले सहभागीता जनाएका थिए । समापन समारोह संघका जिल्ला अध्यक्ष गैरेको अध्यक्षता र माया ज्ञवालीको संचालनमा भएको थियो ।
