कपिलवस्तु प्रहरीले आर्थिक वर्ष २०८२र०८३ को वार्षिक कार्यसम्पादन सार्वजनिक, ८१६ मुद्दा दर्ता र ५८१ पक्राउ

कपिलवस्तु, साउन ८ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आर्थिक वर्ष २०८२र०८३ मा सम्पादन गरेका गतिविधि, अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षासम्बन्धी वार्षिक विवरण सार्वजनिक गरेको छ। बिहीबार आयोजित वार्षिक प्रेस–मिट कार्यक्रममा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जिल्लाको समग्र सुरक्षा अवस्था, अपराध अनुसन्धान, राजस्व संकलन, लागुऔषध नियन्त्रण तथा सामुदायिक प्रहरी कार्यक्रमका उपलब्धिहरू प्रस्तुत गरेका हुन्।

प्रहरीका अनुसार गत आर्थिक वर्षमा कुल ८१६ वटा मुद्दा दर्ता भएका छन् भने ५८१ जना अभियुक्त पक्राउ परेका छन्। यस अवधिमा ६८५ वटा सवारी दुर्घटना, ५९ वटा लागुऔषधसम्बन्धी, १४१ वटा कुटपिट, ३४५ वटा चोरी, ८६ वटा आगलागी, २५७ वटा अवैध सामान बरामद तथा १६५ वटा आत्महत्याका घटना दर्ता भएका छन्। कुल ३,७४० वटा डायरी ९म्क्ष्च्क्० दर्ता भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले अदालतबाट फरार रहेका ३५३ जना प्रतिवादीलाई पक्राउ गरी १७६ वर्ष ९ महिना ६ दिन कैद तथा ५५ लाख ९५ हजार ५७९ रुपैयाँ ८२ पैसा जरिवाना असुल गराएको जनाएको छ।

लागुऔषध नियन्त्रणतर्फ ४१ किलोभन्दा बढी गाँजा, १४ किलोभन्दा बढी चरेस, २२७ ग्रामभन्दा बढी ब्राउन सुगर, ६३ वटा नाइट्राभेट ट्याब्लेट, १४९ वटा ट्रामाडोल र ६०७ क्याप्सुल स्पास्मो बरामद गरिएको छ। यससम्बन्धी ५९ वटा मुद्दा दर्ता गरी ९९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अवैध मुद्रा तथा राजस्व छली नियन्त्रणमा प्रहरीले विभिन्न कारबाहीमार्फत स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ, विदेशी मुद्रा र अन्य नगद गरी ६३ लाख ६९ हजार ६५७ रुपैयाँ बराबर बरामद गरी सम्बन्धित निकायमा बुझाएको जनाएको छ। त्यस्तै विभिन्न अवैध सामान नियन्त्रणबाट ७ करोड ८२ लाख ९७ हजार ५२७ रुपैयाँ बराबर राजस्व संकलन भएको उल्लेख गरिएको छ।

सवारी दुर्घटनामा ६८५ घटना हुँदा ७७ जनाको मृत्यु, ३२९ जना घाइते तथा ११ चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षभर २,८६७ उजुरी फर्छ्योट गरेको जनाएको छ। घरेलु हिंसासम्बन्धी ३६३ उजुरी पनि शतप्रतिशत फर्छ्योट गरिएको विवरण सार्वजनिक गरिएको छ। साथै हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमध्ये अधिकांशलाई खोजी गरी परिवारको सम्पर्कमा ल्याइएको प्रहरीले जनाएको छ।

यस अवधिमा ट्राफिक कारबाहीबाट ३ करोड १९ लाख ७४ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ। कालो सिसा हटाउने, ओभरलोड नियन्त्रण, नम्बर प्लेट पुनर्लेखन तथा ब्ल्याक स्पट पहिचानजस्ता कार्यक्रम सञ्चालन गरिएको पनि प्रहरीले जनाएको छ।

समुदाय–प्रहरी साझेदारी, विद्यालय सम्पर्क कार्यक्रम, ग्रामीण गस्ती, सार्वजनिक सुनुवाइ, विपद् व्यवस्थापन, संयुक्त सीमा गस्ती, निःशुल्क निवेदन लेखन सेवा तथा प्रेस विज्ञप्तिमार्फत नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.