सामाजिक यथार्थ झल्काउने ‘अभागी ’ पारिवारिक सिरिज असार २६ गते रिलिज हुँदै।
कृष्ण अग्रहरी तौलिहवाकपिलवस्तु, असार २३ समाजमा भइरहेका पारिवारिक संघर्ष, गरिबी, अन्याय, भेदभाव, आत्मसम्मान र मानवीय सम्बन्धका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको ‘अभागी’ नेपाली पारिवारिक सिरिज २०८३ साल असार २६ गते बेलुकी ६ बजे MYT OFFICIAL YouTube Channel मार्फत सार्वजनिक हुने भएको छ। सिरिजको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले समाजलाई सकारात्मक सन्देश दिने कथावस्तु प्रस्तुत गरिएको जनाएको छ। निर्माण टिमले दिएको जानकारी अनुसार सिरिजका निर्माता योगी राज बर्गे , लेखक वीर शर्मा, अवधारणा मनिषा थापा र निर्देशक भूपेन्द्र भट्ट रहेका छन्। कलाकारहरूमा मनिषा थापा, भूपेन्द्र भट्ट, रोहित पाल, वीर शर्मा, अनुप गोस्वामी, सोमनाथ गोस्वामी, विराट चौधरी, रवि साहानी, सन्दीप…
