आधारभूत पत्रकारिता तालिम सम्पन्न

आधारभूत पत्रकारिता तालिम सम्पन्न

✍️कृष्ण अग्रहरी तौलिहवा

कपिलवस्तु, जेठ ३० – कपिलवस्तु नगरपालिका–७ नं वडाकाे सहयोग तथा नेपाल पर्यटन पत्रकार संघ कपिलवस्तुको आयोजनामा विश्व शान्ति इङ्गलिश एकेडेमी, सेरहियामा दुई दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ।
जेठ २८ र २९ गते सञ्चालन गरिएको उक्त तालिममा २७ जना सहभागीहरूको सहभागिता रहेको थियो। तालिमको उद्देश्य पत्रकारिता प्रति रुचि राख्ने युवायुवती तथा विद्यार्थीहरूलाई पत्रकारिताका आधारभूत सिद्धान्त, समाचार लेखन, समाचार संकलन, अन्तर्वार्ता, कला, सञ्चार नैतिकता तथा समसामयिक सञ्चार अभ्यासबारे जानकारी गराउनु रहेको आयोजकले जनाएको छ।

तालिममा प्रशिक्षक भुपाल थापा ले पत्रकारिताको महत्व, जिम्मेवारी, समाचारको संरचना, सञ्चार माध्यमको भूमिका तथा व्यावहारिक पत्रकारिता सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले पत्रकारिताको आधारभूत ज्ञान हासिल गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता तालिमले भविष्यमा दक्ष पत्रकार उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

कपिलवस्तु नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष इन्द्रमणि कुर्मी ले युवापुस्ताको क्षमता विकास तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि आगामी दिनहरूमा यस क्षेत्रका युवा–युवतीहरूलाई लक्षित गरी पत्रकारिता सम्बन्धी विशेष तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले प्रशिक्षित र जिम्मेवार युवा पत्रकार उत्पादनमार्फत समाजमा सत्य, निष्पक्ष र तथ्यपरक सूचना प्रवाहमा टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो।

नेपाल पर्यटन पत्रकार महासंघ कपिलवस्तुले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने नेपाल पर्यटन पत्रकार संघका अध्यक्ष मनिष कार्की ले जानकारी दिनुभयो । साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने कपिलवस्तु नगरपालिका–७ तथा विश्व शान्ति इङ्गलिश एकेडेमीप्रति र संयोजक प्रति आयोजकले आभार व्यक्त गरेको छ।

तालिममा सहभागीहरूले पत्रकारिता क्षेत्रका आधारभूत सिद्धान्त, समाचार लेखन, अन्तर्वार्ता कला, सञ्चार नैतिकता तथा व्यावहारिक सीपबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताएका छन्। उनीहरूले यस्ता तालिमले सञ्चार क्षेत्रमा रुचि भएका युवा–युवतीहरूको क्षमता अभिवृद्धि हुनुका साथै समाजका वास्तविक विषयवस्तुलाई प्रभावकारी रूपमा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, आगामी दिनमा पनि यस्ता सीपमूलक तथा व्यावहारिक तालिम कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.