तेश्रो स्मृति कप क्रिकेट प्रतियोगीता सुरु

तेश्रो स्मृति कप क्रिकेट प्रतियोगीता सुरु

कपिलवस्तु ७ असार
कपिलवस्तुको तौलिहवा स्थित बुद्धपद माबिको खेल मैदानमा आईतवार देखि तेश्रो स्मृति कप टि २० क्रिकेट प्रतियोगीता सुरु गरिएको छ । कपिलवस्तु क्रिकेट संघको आयोजनामा गरिएको प्रतियोगीताको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ब्याटिङ गरी शुभाम्भ गरेका हुन । सो अवसरमा उनले क्रिकेटबाट नेपालले चर्चा बटुलेको बताए । उनले क्रिकेटमा नेपालमा स्कोप रहेको र मोटा सुदाउदो समेत रहेको बताए । उनले संघले यस्ता प्रतियोगतिा संचालन गरेर खेलाडीहरुले आफनो प्रतिभा देखाउने मौका पाएको बताए ।

उनले खेलाडीहरुले आफनो क्षमता र उत्कृष्ट प्रर्दशन गर्न आग्ह गर्दै नगरपालिकाले समेत स्थगित गरेको मेयर कप क्रिकेट पुनः चाडै संचालन गर्ने बताए । उनले गर्मीले क्रिकेट खेललाई छेक्न नसक्ने बताए । भारत, श्रीलंका अष्ट्रेलियामा समेत खेल जारी रहेको र छिमेकी जिल्ला रुपन्देहीमा समेत क्रिकेट प्रतियोगीता भईरहेको बताए । सो अवसरमा संघका जिल्ला अध्यक्ष प्रकाश गैरले क्रिकेट संघले खेलाडीहरुको क्षमता विकास र आफनो प्रतिभा देखाउन यस्ता खालको प्रतियोगी गर्दैै आएको बताए । उनले क्रिकेटको विकासकालागि कपिलवस्तुमा क्रिकेट खेल मैदान आवश्यक रहेको र यसकालागि सबैको पहल आवश्यक रहेको बताए । उनले प्रतियागीताकालागि नगरपालिका र वडाहरुले सहयोग गरेको प्रति धन्याबाद दिए । संघका अध्यक्ष गैरको अध्यक्षता, माया ज्ञवालीको संचालनमा भएको उदघाट सत्रमा संघका कोषाध्यक्ष पदमराज श्रेष्ठले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमा नगरपालिका वडाध्यक्ष लगायतको सहभागी थिए । प्रतियोगीता जित्ने बिजेतालाई नगद ६० हजार र कप तथा उप बिजेतलाई ३० हजार प्रदान गरिनेछ ।

प्रतियोगीतामा १२ टिम सहभागी छन । पहिलो खेल वडा नम्बर १२ ले ६२ रनले जितेको छ । वडा नम्बर १२ ले दिएको १ सय १४ रनको लक्ष्यलाई पछाउनेक्रममा वडा नम्बर ११ सबै बिकटे गुमाउदै ५२ रनमा अल आउट भयो । मैन अफ द म्याज रमजाअली भए । दौश्रो खेल वडा नम्बर ४ र ६ बिच भएको छ ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.