कपिलवस्तु
गरीब, बिपन्न, दलीत महिलाहरुको सक्तिकरणकालागि कपिलवस्तुको यशोधरा गाउपालिकामा संचालित जिवन सुधार परियोजनाको संयुक्त अनुगमन गरिएको छ । अष्ट्रेलियन एड र युएमएनको सहयोगमा दलित सामाजिक विकास केन्द्रको अगुवाईमा सो पालिाकोको ५ वटा बडामा परियोजना संचालित छन । जिल्ला समन्वय समितिका प्रमुख बावुरामा आचार्यको अगुवाईमा २ समुह बनाई लाभग्राहीसंग प्रत्यक्षभेट गरी स्थलगन अनुमगन गरिएको हो । यशोधरा गाउपालिका वडा नम्बर १, २, ३, ४, ८ मा संचालित कार्यक्रम र क्रियाकलापको अनुगन गरिएको हो । पालिकाको वडा नम्बर २ स्थित पश्चिम भडेहरमा परियोजनाको सहयोगमा संचालित लक्ष्मी डेरी उद्योग, अन्जनी कोहारको टंकी पसल, पट्टी यादवले संचालन गरको भ्रमिक र गडौला मल उत्पादन स्थल, सर्जु यादवले संचालन गरेको मसला पिसानी उद्योगको अनुगमन गरिएको हो । यस्तै वडा नम्बर १ मा एकता आत्मनिर्भर समुहसंग अन्तरक्रिया, पुन्नीहवामा निर्मला रैदासले संचालन गरेको आईपिएम कृषक पाठशाला अन्र्गत उत्पादन गरको तरकारीबारीको समेत अनुमगन गरिएको हो । लक्ष्मी दुधडेरी उद्योगका मालिक दल बहादुर यादवले ६ बर्ष अघि परियोजना अन्र्गत चिलिङ बक्स सहयोग गरी १६ लिटर दुध संकलन गरी उद्योगको सुभाम्भ गरेका थिए । अहिले भने दैनिक साढे ५ सय लिटर दुध संकलन गर्ने गरिएको यादवले बताए । बार्षिक एक करोड बढीको कारोवार हुने गरेको छ । कृषकबाट संकलन गरिएको दुध ईमिलियाको ग्लोबल डेरी उद्योगले किनेर लैजाने गरेको छ । पट्टी यादवले संचालन गरको भ्रमिक र गडौला मलको माग उच्च छ । परियोजनाले मल उत्पादनकालागि ट्रस्टको सहयोग गरेको थियो । मल उत्पादनकालागि ५ वटा गोरो बनाइएको छ ।

त्यसैबाट भ्रमिक र गडौला मल उत्पादन गर्ने गरिएको छ । एक पटकमा २० क्युन्टल सम्म भ्रमिक मल उत्पादन गर्ने गरिएको छ । गाउमै यादव जस्तै ६ जनाले भ्रमिक मल उत्पादन गर्ने गरेका छन । झोलमोल मल समेत उत्पादन गरिएको छ । एकै पटक ४ सय क्युन्टलको माग छ । तर उत्पादन क्षमता नभएको यादवले बताए । भ्रमिक मल ३० रुपैया किलो र गडौला प्रति केजी हजार रुपैयामा बिक्री हुने गरेको छ । सो अवसरमा संस्थाको कार्यकारी निर्देशक रामशरण रैदासले गरिब बिपन्न दलीत र अल्पसंख्यक महिलाहरुको आयआर्जन मार्फत सशक्तिकरणकालागि जिवन सुधार परियोजनाले ठुलो परिवर्तन ल्याएको बताए । उनले वडामा आत्मनिर्भर समुह गठन गरी काम अघि बढाइएको र समुहले धेरै राम्रो काम गरेको बताए । सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख बावुारम आचार्यले जिवन सुधार परियोजनाले आयआर्जन, सचेतनामा परिवर्तन ल्याएको बताए । उनले पालिकाले समेत यस्ता कार्यक्रमहरुको ध्यान दिनु पर्ने बताए । जिल्ला समन्वय उप प्रमुख रमेश कुर्मी, गैर सरकारी संस्था महासंघका अध्यक्ष जय प्रकाश पाण्डेय, पालिकाका प्रशासन शाखा प्रमुख रेशम शर्मा, यशोधरा गाउपालिका वडा नम्बर ३ की अध्यक्ष सरिता त्रिपाठी लागतयको टोली अनुगमनमा सहभागी थिए ।