कपिलवस्तु २० असार
तौलिहवा– बहादुरगंज सडक खण्ड अन्र्गत कपिलवसतु नगरपालिका १२ पिपराहवा चोकमा १४ लाखको लागतमा निर्माण गरिएको पिपराहवा स्वागत द्धारको उदघाटन गरिएको छ । पुवमन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले उदघाटन गरेका छन । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधारक पाण्डेय, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र वडा नम्बर १२ का वडाध्यक्ष ईन्सानअली धुनियाले संयुक्तरुपमा रिबन काटेका थिए । सो अवसरमा पुर्वमन्त्री आचार्यले निर्माण गरिएको द्धारले यस क्षेत्रको पहिचान उजागर गर्न मद्दत मिल्ने बताए । उनले जनतको पक्षमा रचनात्मक काम गर्न आग्रह समेत गरेका थिए । लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले निर्माण गरिएको गेटले वडा नम्बर १२ को पहिचान स्थापित गराउन सहयोगस्ी हुने बताए । यस्तै मेयर पौडेलले जन चाहना अनुसार वडाले निर्माण गरेको गेटले वडा नम्बर १२ को सुन्दरीकरण र पहिचानमा मद्दम मिल्ने बताए । कार्यक्रममा वडाध्यक्ष धुनियाले आउने आगन्तुकलाई स्वागत र यही बाटा हुदै मर्यादपुर तर्फ जाने बाटा देखाउनकालागि गेट निर्माण गरिएको बताए ।