कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभाको दोस्रो बैठक सम्पन्न

कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभाको दोस्रो बैठक सम्पन्न

कपिलवस्तु, असार ३१। कपिलवस्तु नगरपालिकाको २०औँ नगरसभाको दोस्रो बैठक मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
नगरसभामा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै विभिन्न विषयगत समितिका प्रतिवेदनमाथि समेत समीक्षा गरिएको थियो। बैठकमा नगरपालिकाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ तथा सुशासनलाई प्रभावकारी बनाउने विषयमा नगर प्रमुख सुदिप पौडेलले बताए का थिए।


बैठकमा उपप्रमुख सुनिता गुप्ता , प्रमुख प्रशासकीय अधिकृत बिनय श्रीवास्तव , वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले
नगरसभाबाट आवश्यक प्रस्ताव तथा निर्णयहरू पारित गर्दै आगामी आर्थिक वर्षका कार्यक्रमहरूलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको नगरपालिकाले जनाएको छ।

यसै गरि वडा न ३ का अध्यक्ष रुद्र गैरे (प्रकाश ) ले शुभकामना मन्तव्य दिदै नगर पालिकाले जनअपेक्षाअनुसार विकास योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र सबै लाई समेटेर अघि बढ्नु पर्ने मा जोड दिएका थिए।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.