कपिलवस्तु २६ साउन
बुद्धभूमि नगरपालिकामा जिल्ला मै पहिलो आधारभूत कर सेवा प्रवाह गर्ने कार्यको शुभारम्भ गरिएको छ । नगरपालिकाको आयोजना र आन्तरिक राजस्व कार्यालय कृष्णनगरको संयाजनमा सो सेवाको शुभारम्भ मंगलवा देखि सुभारम्भ गरिएको हो । यससंगै करसम्बन्धी आधारभूत सेवाहरू पालिका भित्रै पाईनछ । त्यस सम्बन्धी कर कार्यालय बिच संझौता गरी हस्तान्तरण समेत गरिएको छ । कर कार्यालयका प्रमुख कृष्णप्रसाद न्यौपाने र नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत यमकान्त पाण्डेयले संझौता पत्रमा हस्ताक्षर समेत गरेका थिए । ब्यानर पढेर सेवा शुभाम्भ भएको उदघाटन गर्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले यहीबाटै प्यान बनाइएको २ संस्थालाई प्यानको प्रमाण पत्र समेत हस्तान्तरण गरेका थिए ।

उनले अब कर सम्बन्धी आधारभुत सेवा लिन कृषण्नगरमा धाउनु पर्ने बाध्यता हटेको बताए । उनले कर सम्बन्धी सेवाकालागि अब झन्झट कम हुने र पैसा र समयको समेत बचत हुने बताए । नगरपालिकाबाट प्रदान गरिने सेवाहरूलाई प्रविधिमैत्री, पारदर्शी र सेवाग्राहीमैत्री बनाईने बताए । उनले पालिका भित्रै अन्य सेवा समेत थप्दै जाने उनले बताए । अब बुद्धभूमि नगरपालिकाबाटै नयाँ प्यान दर्ता, प्यान नवीकरण, कर चुक्ता प्रमाणपत्रलगायतका आधारभूत कर सेवाहरू प्राप्त गर्न सकिने भएको छ । प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले कपिलवस्तु जिल्लामै पहिलो पटक स्थानीय तहबाट आधारभूत कर सेवा प्रवाह सुरु गरिएको बताए । उनले स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुँदा सेवाग्राहीको समय र खर्च बचत हुने बताए । उनले यसले कर प्रशासनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । कर अधिकृत पिताम्बर न्यौपानेले करसम्बन्धी विभिन्न विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए । मेयर श्रेष्ठको अध्यक्षता र वरिष्ठ कर अधिकृत विजय भुसालको संचालनमा भएको कार्यक्रममा नगरपालिकाका स्वागत वरिष्ठ लेखा अधिकृत रेणुराम ज्ञवालीले गरको थिए ।
