२५ वैशाख । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला भव्य रूपमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न सो भेलाले शिवाम्बर प्रसाद मिश्रको सभापतित्वमा नयाँ ‘वडा तदर्थ समिति’ सर्वसम्मत रूपमा चयन गरेको छ । वडा नं. ८ का वडा सभापति दिनेश हमालको अध्यक्षता तथा निर्वाचन क्षेत्र नं. २ का सभापति माधव पराजुलीको विशेष उपस्थितिमा सम्पन्न भेलाले संगठन विस्तार र वडास्तरमा पार्टीको उपस्थिति बलियो बनाउने निर्णय समेत गरेको छ ।
नयाँ चयन गरिएको तदर्थ समितिमा सुग्रीम चौधरीलाई उपसभापति र छोटु कुर्मीलाई सचिवको जिम्मेवारी दिइएको छ । समितिका सदस्यहरूमा श्याम सुन्दर कुर्मी, राम औतार अहिर यादव, वृज गोपाल यादव, संजय बरई, निर्मला लोनिया, इन्द्रावती तेली, निर्मला पासी र सुमित्रा पासी रहनुभएको छ ।
यस्तै पार्टीको गतिविधि र कार्यदिशालाई मार्गदर्शन गर्न रूद्र नारायण कुर्मीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समितिको समेत घोषणा गरिएको छ । जसको सदस्यहरूमा रमेश कुमार यादव, ओमकार नाथ शुक्ला, कमला कुर्मी र इन्द्रावती कुर्मी रहनुभएको छ ।
भेलामा उपस्थित नेताहरूले पछिल्लो समय जनतामा रास्वपाप्रति आकर्षण बढ्दै गएको र वडास्तरका समस्याहरूलाई सम्बोधन गर्न यो समितिले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । भेलामा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
महाराजगञ्ज वडा नं. ४ मा रास्वपा को वडा भेला, मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन