कपिलवस्तु ३१ असार
उत्कृष्ट काम गरेका कपिलवस्तुका ८ उद्यामीहरुलाई सम्मानित गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले तौलिहवामा राखेको उद्यमीहरुसंग अन्तरक्रिया तथा उत्कृष्ट उद्यमीहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान कार्यक्रममा उनीहरुलाई नगद सहीत सम्मानित गरिएको हो । आयआर्जन सहीत रोजगारीमा योगदान दिएका कपिलवस्तुको शिकबवराज नगरपालिकाका ओम पोल्ट्री फर्मका हिरे कामी, मायादेबी गाउपालिका स्थित आरएन फेसन गारमेन्टकी रिता कलवार बाणगंगा नगरपालिका स्थित सिद्धार्थ बातावरण कागज उद्योगकी सुर्य कुमारी शाही, बुद्धभुमी नगरपालिका स्थित बलीभद्र शिर्जनशील भैसी फर्मका काशीराम भट्टराईलाई सम्मानित गरिएको हो । यस्तै शिवराज नगरपालिका स्थित कुबर पंक्षी फर्मका बावुराम कुवर,बाणगंगा नगरपालिका स्थित डिजे गारमेन्ट उद्योगका ढुन्डीराज बेल्बासे, सुद्धोधन गाउपालिका स्थित न्यु एकीकृत कृषि तथा पशुपंक्षी फर्मका अब्दुल कलामी डफाली तथा बुद्धभुमी नगरपालिका स्थित लुम्बिनी अचार उद्योग की राधा सापकोटालाई सम्मनित गरिएको थियो ।

उनीहरुलाई दोसल्ला, कदर पत्र र ५ हजार नगद सहीत जिल्ला समन्वय प्रमुख बावुराम आचार्य प्रजिअ जर्नादन गौतम घरेलु कार्यालयका प्रमुख संतोष आचार्यले सम्मानित गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले स्थानीय स्तरमै उत्पादन र रोजगारी सिर्जना गर्न उद्यमशीलताको भूमिका महत्वपूर्ण रहेको बताए । उनले लघु तथा घरेलु उद्योगलाई राज्यले थप सहयोग गर्नुपर्ने बताए । प्रजिअ गौतमले उद्यमशीलताको प्रवद्र्धनले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने बताए । तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले उद्योगी व्यवसायीहरूप्रति सम्मानजनक व्यवहार र नीतिगत सहजताको आवश्यकता रहेको बताए ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले उद्यमशीलता प्रवद्र्धनका लागि आगामी दिनमा तालिम, अनुदान र प्रविधि हस्तान्तरणमा कार्यालयको सक्रियता रहने बताए । सम्मानित उद्यमीहरुले आफुहरुको थप हौसाला बढेको बताए । उनीहरुले राज्यले समेत आफुहरुको समस्या हेर्नु पर्ने बताए । उनीहरूको निरन्तरता, सिर्जनात्मकता र सामाजिक उत्तरदायित्वलाई आधार मानेर छनोट गरिएको प्रमुख खनालले बताए । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खनाल र बिनय पुडासैनीले कार्य पत्र समेत प्रस्तुत गरेका थिए ।
