लालपुर्जाबिहीन बालबिटोरी जग्गाको लालपुर्जा बनाउनु पर्ने माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

लालपुर्जाबिहीन बालबिटोरी जग्गाको लालपुर्जा बनाउनु पर्ने माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

५ दशक देखि भोगचल गर्दै आए पनि लालपुर्जा बिहीन कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित बालबिटोरी जग्गा पीडीतहरुलाई लालपुर्जा उपलब्ध गराउन नगरपालिकाको वडा कार्यालयले भुमी ब्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । मन्त्रालयका सचिव मदन भुजेललाई वडाध्यक्ष माहोम्मद जाहिद खाले काठमाण्डौमा ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा जग्गाको नापजाज कार्य संपन्न भई सकेको तथा लामो सयम देखि भोगचलन गर्दै आए पनि हाल सम्म लालपुर्जाबिहीन हुनु परेको अवस्था रहेको उल्लेख गरिएको छ । लालपुर्जा नहुदा हकभोग, किनबेच तथा बन्धक राख्ने जस्ता नैसर्गिक अधिकारबाट बंचित हुनु परेको ज्ञापन पत्रमा भनिएको छ । बालबिटोरी जग्गाको लालपुर्जा बितरण प्रकुयालाई अघि बढाई आवश्यक समन्वय र पहल गर्न ज्ञापन पत्रमा माग गरिएको छ । वडाध्यक्ष्चा खाले धरै प्रयास गर्दा समेत हाल सम्म बालबिटोरी जग्गापीडीतहरुले लालपुर्जा नपाउदा धेरै समस्या झेल्नु परेको बताए । उनले अहिलेको सरकारले यो बिषयलाई चाडो समाधान गर्नु पर्ने माग गरे । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले यो बिषयमा आफुले लामो समय देखि मन्त्रालयलाई ध्यानाकर्षण गराएको बताए । उनले अहिलेको सरकारले यो समस्यालाई समाधान गर्नेमा आफु बिश्वस्त रहेको बताए । २०२६ सालमा जग्गाको नाप जाच गर्दा बालबिटोरीकारुपमा जग्गालाई राखिएको थियो । तर जग्गाधनीले भोगचलन गर्दै आए पनि लालपुर्जा भने हाल सम्म बनेको छैन ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.