कपिलवस्तुका कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुका कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको शनिवार देखि जरा अभियान सुरु गरिएको छ । जरा अभियानकालागि कांग्रेस केन्द्रिय कार्यालयबाट खटिएका केन्द्रिय प्रतिनिधि तथा केन्द्रिय सदस्य कमल प्रसाद भुसालले पार्टीको तौलिहवा स्थित कार्यालयमा अगुवा कार्यकर्ता भेला कार्यक्रममा सो जानकारी गराएका हुन । सो अवसरमा उनले कांग्रेसलाई सुदृढ, नबितम र बलियो कांग्रेस बनाउन एक महिने जरा अभियान सुरु भएको बताए । एक महिने अभियानमा पार्टीका भातृसंगठन, वडा, नगर, क्षेत्रीय समिति लगायतसंग अन्तरक्रिया र छलफल कार्यक्रम गरिने बताए । उनले बिगतमा जे भए भए अब कांग्रेसलाई मजुबत बनाउनु पर्ने बताए । उनले क्रियाशील सदस्यलाई अद्यावधिक र डिजिटलाईज गर्ने गरी काम अघि बढेको बताए । सो अवसरमा पार्टीको लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्ररजा आचार्यले कांग्रेसलाई बलियो र बजुबत बनाउन नविन सोचकासाथ अघि बढनु पर्ने बताए । लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, कांग्रेस नेताहरु अतहर कमाल, सहसराम यादव, लगायतले कांग्रेसलाई बलियो बनाउनु पर्ने बताए ।

कार्यक्रममा कांग्रेस नेताहरु कमल घिमिरे अलिक मिया खुर्सेद अहमद खा, माधव दमासे, मंगलप्रसाद थारु मधु पोख्रेल, गिरीजेश पाण्डेय सुमित्रा शर्मा, रफिक मुसलमान, गंगा बहादुर कार्की चन्द्राकान्त पोख्रेल पमद प्रातप सेन लगायतले कांग्रेसलाई सशक्त बनाउनु पर्नेमा जोड दिए । कार्यक्रम पार्टी जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता र सचिव शक्ति सिंह ठकुरीको संचालनमा भएको थियो ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.