महाराजगंज नगरपालिकाको १९ औ नगर सभा अन्र्गत दोश्रो बैठक संपन्न
कपिलवस्तु २८ असारकपिलवस्तुको महाराजगंज नगरपालिकाको १९ औ नगर सभा अन्र्गत दोश्रो बैठक संपन्न गरिएको छ । सभाले बिनियोजन बिधेयक २०८३ पारित गरेको छ । यस अघि पहिलो बैठकमा पेश गरिएको आगामी आर्थिक वर्ष २०८३। ८४ को लागि ८१ करोड ९३ लाख७२ हजार बजेट पारित भएको छ । सभामा मेयर अब्दुल कलामले नगरपालिकाको ५ बर्षे कार्यकालको अन्तिम बजेट भएकाले बजेटको पुर्णरुपमा सदुपयोग गर्नु पर्ने बताए । शिक्षा, स्वास्थ्य, कृषि तथा पुर्वाधारलाई प्राथकिमतामा राखेर बजेट निर्माण गरिएको उनले बताए । उनले नगरलाई किचडमुक्त बनाउन गाउ गाउमा पक्की सडक तथा पिसिसि ढलान कार्य जारी राखिएको बताए । मेयरकारुपमा आफनो अन्तिम बर्ष रहेकाले आफुले…