जिवन सुधार परियोजनाको संयुक्त अनुगमन
कपिलवस्तु गरीब, बिपन्न, दलीत महिलाहरुको सक्तिकरणकालागि कपिलवस्तुको यशोधरा गाउपालिकामा संचालित जिवन सुधार परियोजनाको संयुक्त अनुगमन गरिएको छ । अष्ट्रेलियन एड र युएमएनको सहयोगमा दलित सामाजिक विकास केन्द्रको अगुवाईमा सो पालिाकोको ५ वटा बडामा परियोजना संचालित छन । जिल्ला समन्वय समितिका प्रमुख बावुरामा आचार्यको अगुवाईमा २ समुह बनाई लाभग्राहीसंग प्रत्यक्षभेट गरी स्थलगन अनुमगन गरिएको हो । यशोधरा गाउपालिका वडा नम्बर १, २, ३, ४, ८ मा संचालित कार्यक्रम र क्रियाकलापको अनुगन गरिएको हो । पालिकाको वडा नम्बर २ स्थित पश्चिम भडेहरमा परियोजनाको सहयोगमा संचालित लक्ष्मी डेरी उद्योग, अन्जनी कोहारको टंकी पसल, पट्टी यादवले संचालन गरको भ्रमिक र गडौला मल उत्पादन स्थल,…