देश

तेश्रो स्मृति कप क्रिकेट प्रतियोगीता सुरु

तेश्रो स्मृति कप क्रिकेट प्रतियोगीता सुरु

कपिलवस्तु ७ असारकपिलवस्तुको तौलिहवा स्थित बुद्धपद माबिको खेल मैदानमा आईतवार देखि तेश्रो स्मृति कप टि २० क्रिकेट प्रतियोगीता सुरु गरिएको छ । कपिलवस्तु क्रिकेट संघको आयोजनामा गरिएको प्रतियोगीताको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ब्याटिङ गरी शुभाम्भ गरेका हुन । सो अवसरमा उनले क्रिकेटबाट नेपालले चर्चा बटुलेको बताए । उनले क्रिकेटमा नेपालमा स्कोप रहेको र मोटा सुदाउदो समेत रहेको बताए । उनले संघले यस्ता प्रतियोगतिा संचालन गरेर खेलाडीहरुले आफनो प्रतिभा देखाउने मौका पाएको बताए । उनले खेलाडीहरुले आफनो क्षमता र उत्कृष्ट प्रर्दशन गर्न आग्ह गर्दै नगरपालिकाले समेत स्थगित गरेको मेयर कप क्रिकेट पुनः चाडै संचालन गर्ने बताए । उनले गर्मीले क्रिकेट…
Read More
बुद्धभुमी नगरपालिकाको १९ औ नगर सभा,बार्षिक नीति तथा कार्यक्रम,

बुद्धभुमी नगरपालिकाको १९ औ नगर सभा,बार्षिक नीति तथा कार्यक्रम,

कपिलवस्तु ३१ जेठबुद्धभुमी नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी,कृषि र पर्यटन विकास सहीत बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको हनुमान चोक स्थित सभा हलामा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम सो प्रस्तुत गरिएको हो । नगर प्रमुख केशव कुमार श्रेष्ठले सभाका बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रोजगार, कृषि, सूचना प्रविधि, सामाजिक सुरक्षा तथा सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताए । “खुसी नगरबासीः समृद्ध बुद्धभूमि” भन्ने मूल नारासहित उनले गुणस्तीय शिक्षा र आधारभुत स्वास्थ्य सुबिधा सुनिश्तिताकालागि शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताए । उनले नगरको गौरव योजना तथा अधुरा योजनालाई प्राथमिकताकासाथ अघि बढाईने बताए । बु्ढढी…
Read More
आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न

आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न

कपिलवस्तु । नेपाल पर्यटन पत्रकार संघ कपिलवस्तुको आयोजनामा तथा कपिलवस्तु नगरपालिका वडा नं. ३ कार्यालयको सहयोगमा सञ्चालित तिन दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ। जेष्ठ २०,२१ र २२ गते सञ्चालन भएको तालिममा पत्रकारिता तथा उद्घोषण क्षेत्रका आधारभूत विषयमा सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा प्रशिक्षक भुपाल थापा र खग चापागाईं ले समाचार लेखन, सञ्चार सीप, उद्घोषण कला, प्रस्तुतीकरण तथा सञ्चार माध्यमको प्रभावकारी प्रयोग लगायतका विषयमा सहजीकरण गरेका थिए। समापन कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिका वडा नं. ३ का अध्यक्ष रुद्रप्रकाश गैरे ले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै यस्ता तालिमले युवाहरूलाई जिम्मेवार र व्यावसायिक सञ्चारकर्मी बन्न प्रेरणा मिल्ने…
Read More
अस्पतालको रकम हिनामिना प्रकरणमा ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा ५ जना पक्राउ

कपिलवस्तु । शिवराज नगरपालिकाअन्तर्गत आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा आर्थिक वर्ष २०८१र०८२ मा भएको आर्थिक कारोबार हिनामिना प्रकरणमा अस्पताल तथा बैंकका ५ जना कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार अस्पतालको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्री वापत संकलन भएको रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा गर्नुपर्ने भए पनि विभिन्न मितिका १२९ वटा भौचरमार्फत करिब ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ बैंकमा जम्मा नभएको भेटिएको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नक्कली बैंक भौचर तयार गरी संगठित रूपमा रकम हिनामिना गरिएको खुलेपछि थप अनुसन्धान अघि बढाइएको थियो । यस घटनामा संलग्न…
Read More
जिवन सुधार परियोजनाको संयुक्त अनुगमन

जिवन सुधार परियोजनाको संयुक्त अनुगमन

कपिलवस्तु गरीब, बिपन्न, दलीत महिलाहरुको सक्तिकरणकालागि कपिलवस्तुको यशोधरा गाउपालिकामा संचालित जिवन सुधार परियोजनाको संयुक्त अनुगमन गरिएको छ । अष्ट्रेलियन एड र युएमएनको सहयोगमा दलित सामाजिक विकास केन्द्रको अगुवाईमा सो पालिाकोको ५ वटा बडामा परियोजना संचालित छन । जिल्ला समन्वय समितिका प्रमुख बावुरामा आचार्यको अगुवाईमा २ समुह बनाई लाभग्राहीसंग प्रत्यक्षभेट गरी स्थलगन अनुमगन गरिएको हो । यशोधरा गाउपालिका वडा नम्बर १, २, ३, ४, ८ मा संचालित कार्यक्रम र क्रियाकलापको अनुगन गरिएको हो । पालिकाको वडा नम्बर २ स्थित पश्चिम भडेहरमा परियोजनाको सहयोगमा संचालित लक्ष्मी डेरी उद्योग, अन्जनी कोहारको टंकी पसल, पट्टी यादवले संचालन गरको भ्रमिक र गडौला मल उत्पादन स्थल,…
Read More
महाराजगञ्ज वडा नं. ४ मा रास्वपा को वडा भेला, मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

महाराजगञ्ज वडा नं. ४ मा रास्वपा को वडा भेला, मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

२५ वैशाख । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला भव्य रूपमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न सो भेलाले शिवाम्बर प्रसाद मिश्रको सभापतित्वमा नयाँ 'वडा तदर्थ समिति' सर्वसम्मत रूपमा चयन गरेको छ । वडा नं. ८ का वडा सभापति दिनेश हमालको अध्यक्षता तथा निर्वाचन क्षेत्र नं. २ का सभापति माधव पराजुलीको विशेष उपस्थितिमा सम्पन्न भेलाले संगठन विस्तार र वडास्तरमा पार्टीको उपस्थिति बलियो बनाउने निर्णय समेत गरेको छ ।नयाँ चयन गरिएको तदर्थ समितिमा सुग्रीम चौधरीलाई उपसभापति र छोटु कुर्मीलाई सचिवको जिम्मेवारी दिइएको छ । समितिका सदस्यहरूमा श्याम सुन्दर कुर्मी, राम औतार अहिर यादव,…
Read More
५ दिने आधारभुत शैक्षणिक तालिम

५ दिने आधारभुत शैक्षणिक तालिम

कपिलवस्तु ।कपिलवस्तुको तौलिहवामा कक्षा २ मा नेपाली बिषय पढाउने शिक्षक लक्षित ५ दिने आधारभुत शैक्षणिक तालिम संपन्न भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग र पिस नेपालको आयोजनामा कपिलवस्तु र बुद्धभुमी नगरपालिका तथा मायादेबी गाउपालिकाका गरी ४८ बिद्यालयका ५१ जना शिक्षकलाई सो तालिम दिइएको हो । शिक्षण सिकाईलाई प्रभावकारी बनाउन जिल्लाको सो ३ पालिकाका सोह्र सोह्र बिद्यालयमा एक बर्ष अघि देखि रुम टु रडिको कार्यक्रम संचालन हुदै आएको छ । “शिक्षित बालबालिका भए नै विश्वमा परिवर्तनको थालनी हुन्छ” भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा कक्षा दुईका विद्यार्थी लक्षित पहिलो चरणको कक्षा सञ्चालन गरिएको हो । सो अवसरमा…
Read More
कपिलवस्तुमा रास्वपाको संगठन विस्तारः महाराजगंज–८ मा पहिलो वडा समिति गठन ।।

कपिलवस्तुमा रास्वपाको संगठन विस्तारः महाराजगंज–८ मा पहिलो वडा समिति गठन ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो साङ्गठनिक संरचनालाई टोल र वडा तहसम्म पुर्‍याउने कार्यको औपचारिक सुरुवात गरेको छ । सोही अन्र्तगत महाराजगंज नगरपालिका वडा नं. ८ मा सम्पन्न विशेष भेलाले पहिलो पटक ’वडा तदर्थ समिति’ गठन गरी नयाँ अध्यायको सुरुवात गरेको हो । जिल्लाका अन्य स्थानीय तहहरूमा संगठन निर्माणको तयारी भइरहँदा महाराजगंज–८ ले पहिलो वडा समिति गठन गर्दै पार्टीको तल्ले तहमा समेत प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । भेलाले दिनेश हमालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । भेलाले दिनेश हमाललाई सभापति, अमित देव त्रिपाठीलाई उपसभापति र दिनानाथ प्रसाद चौधरीलाई सचिवमा चयन गरेको छ । यस्तै सह–सचिवमा राम…
Read More
डेरावा स्थित सिद्धार्थ गौतम बुद्ध गुम्बा प्राविकाे भवनको उद्घाटन तथा ब्याग वितरण

डेरावा स्थित सिद्धार्थ गौतम बुद्ध गुम्बा प्राविकाे भवनको उद्घाटन तथा ब्याग वितरण

कपिलवस्तु १२ बैशाखनेपाल चाइना फ्रेन्डसिप फोरमको सहयोगमा कपिलवस्तु नगरपालिका वार्ड नं ३ डेरवा स्थित सिद्धार्थ गौतम बुद्ध गुम्बा प्राबिमा निर्माण गरिएको दोस्रो तलामा दुई कोठे भवनको उदघाटन गरिएको छ । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल फोरम कि अध्यक्ष झ्याउ मेलिङ वडा अध्यक्ष प्रकाश गैरे लगायतको टोलीले भवनको उद्घाटन गरेका हुन् । यस्तै विद्यालयमा रहेका १६० विद्यार्थीलाई स्कुल ब्याग समेत हस्तान्तरण गरिएको थियो । सो अवसरमा मेयर पौडेलले फोरमको सयोगले ठुलो प्रेरणा मिलेको र बालबालिकाको उज्जवल भबिष्य निर्माणमा यो कार्य उत्कष्ठ रहेको बताए । उनले यस क्षेत्रका शिक्षक शिक्षिकालाई सिकाई र अध्ययन अवलोकनलागि समेत फोरमले पहल गर्न उनले आग्रह समेत गरे…
Read More
लालपुर्जाबिहीन बालबिटोरी जग्गाको लालपुर्जा बनाउनु पर्ने माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

लालपुर्जाबिहीन बालबिटोरी जग्गाको लालपुर्जा बनाउनु पर्ने माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

५ दशक देखि भोगचल गर्दै आए पनि लालपुर्जा बिहीन कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित बालबिटोरी जग्गा पीडीतहरुलाई लालपुर्जा उपलब्ध गराउन नगरपालिकाको वडा कार्यालयले भुमी ब्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । मन्त्रालयका सचिव मदन भुजेललाई वडाध्यक्ष माहोम्मद जाहिद खाले काठमाण्डौमा ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा जग्गाको नापजाज कार्य संपन्न भई सकेको तथा लामो सयम देखि भोगचलन गर्दै आए पनि हाल सम्म लालपुर्जाबिहीन हुनु परेको अवस्था रहेको उल्लेख गरिएको छ । लालपुर्जा नहुदा हकभोग, किनबेच तथा बन्धक राख्ने जस्ता नैसर्गिक अधिकारबाट बंचित हुनु परेको ज्ञापन पत्रमा भनिएको छ । बालबिटोरी जग्गाको लालपुर्जा बितरण प्रकुयालाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.