गृह

सञ्चार साक्षरताका लागि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

सञ्चार साक्षरताका लागि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपिलवस्तु, असार ८ । सञ्चार तथा मिडियाको प्रभावकारी प्रयोग, सूचना पहुँच र सञ्चार साक्षरताबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कपिलवस्तु नगरपालिका वडा नं . ३ मा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको आयोजनामा तथा कपिलवस्तु नगरपालिका वडा नं. ३ को सहयोगमा सोमबार वडा कार्यालयको हलमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूलाई सञ्चार साक्षरताको महत्व, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, गलत सूचना तथा भ्रामक समाचारको पहिचान र सूचना प्रविधिको सुरक्षित प्रयोगबारे प्रशिक्षक नेपाल प्रेस युनियनका सभापती खग चापागाई जानकारी गराएका थिए। वर्तमान डिजिटल युगमा सञ्चार साक्षरता नागरिकका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै सही सूचना ग्रहण तथा सम्प्रेषणमा…
Read More
मापसेपछि श्रीमती कुटेको आरोपमा पक्राउ वडाध्यक्षले प्रहरीमाथि नै लगाए कुटपिटको आरोप

मापसेपछि श्रीमती कुटेको आरोपमा पक्राउ वडाध्यक्षले प्रहरीमाथि नै लगाए कुटपिटको आरोप

कपिलवस्तु ३ जेष्ठरक्सी सेवन गरि पटक–पटक श्रीमती कुटेर विवादमा आउने कृष्णनगरका जनप्रतिनिधीले आफुलाई प्रहरीले कुटेको आरोप लगाएका छन् । वडा नं. ११ का वडाअध्यक्ष जीवन श्रीवास्तवले घरायसी विवादमा आफुलाई प्रहरीले पक्राउ गरि कुटपिटको आरोप लगाएका हुन् । शुक्रबार राती रक्सीले मातेका वडाअध्यक्ष श्रीवास्तवले श्रीमती कुटेपछि प्रहरीले उनलाई ल्याएर इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको थियो । लगत्तै प्रहरी माथि गाली बेज्यती गर्न थालेपछि उनको मेडिकल जाँच गराउन बहादुरगंज अस्पताल लगेको थियो । अस्पतालमा समेत प्रहरीमाथि अभद्र व्यवहार गरेका वडाअध्यक्ष श्रीवास्तवलाई अभद्र व्यवहारमा मुद्धा चलाउन खोजेपछि उनले प्रहरीमाथि कुटपिटको आरोप लगाएका हुन् । हाल उनी उपचारका लागि भन्दै भैरहवा मेडिकल कलेजमा छन्…
Read More
अस्पतालको रकम हिनामिना प्रकरणमा ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा ५ जना पक्राउ

कपिलवस्तु । शिवराज नगरपालिकाअन्तर्गत आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा आर्थिक वर्ष २०८१र०८२ मा भएको आर्थिक कारोबार हिनामिना प्रकरणमा अस्पताल तथा बैंकका ५ जना कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार अस्पतालको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्री वापत संकलन भएको रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा गर्नुपर्ने भए पनि विभिन्न मितिका १२९ वटा भौचरमार्फत करिब ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ बैंकमा जम्मा नभएको भेटिएको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा नक्कली बैंक भौचर तयार गरी संगठित रूपमा रकम हिनामिना गरिएको खुलेपछि थप अनुसन्धान अघि बढाइएको थियो । यस घटनामा संलग्न…
Read More
महाराजगञ्ज वडा नं. ४ मा रास्वपा को वडा भेला, मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

महाराजगञ्ज वडा नं. ४ मा रास्वपा को वडा भेला, मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

२५ वैशाख । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेला भव्य रूपमा सम्पन्न भएको छ । बिहीबार सम्पन्न सो भेलाले शिवाम्बर प्रसाद मिश्रको सभापतित्वमा नयाँ 'वडा तदर्थ समिति' सर्वसम्मत रूपमा चयन गरेको छ । वडा नं. ८ का वडा सभापति दिनेश हमालको अध्यक्षता तथा निर्वाचन क्षेत्र नं. २ का सभापति माधव पराजुलीको विशेष उपस्थितिमा सम्पन्न भेलाले संगठन विस्तार र वडास्तरमा पार्टीको उपस्थिति बलियो बनाउने निर्णय समेत गरेको छ ।नयाँ चयन गरिएको तदर्थ समितिमा सुग्रीम चौधरीलाई उपसभापति र छोटु कुर्मीलाई सचिवको जिम्मेवारी दिइएको छ । समितिका सदस्यहरूमा श्याम सुन्दर कुर्मी, राम औतार अहिर यादव,…
Read More
कपिलवस्तुमा तनावपछि निषेधाज्ञा जारी, शान्ति कायम गर्न प्रशासनको अपिल

कपिलवस्तुमा तनावपछि निषेधाज्ञा जारी, शान्ति कायम गर्न प्रशासनको अपिल

कपिलवस्तु, तौलिहवा — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं. २ मा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गर्नुका साथै शान्ति कायम राख्न सबैसँग अपिल गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार मिति २०८२/१२/०७ गते भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरिएको छ। घटनामा घाइते भएका नागरिकहरूको उपचार भइरहेको र उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको प्रशासनले जनाएको छ। सो घटनापछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मिति २०८२/१२/०८ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म कपिलवस्तु जिल्लाको तोकिएको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा अवधिभर कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको प्रशासनले स्पष्ट…
Read More
नेपाली नक्कली नोटसहित ४ जना पक्राउ

नेपाली नक्कली नोटसहित ४ जना पक्राउ

कपिलवस्तु, फागुन ४ — कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा नेपाली नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको प्रहरी टोलीले मिति २०८२ फागुन १ गते जिल्लाको साविक महुवा.वि.स. वडा नं. ८ हाल बुद्धभूमि नगरपालिका वडा नं. ६ कोहनाैलिया बस्ने वर्ष ५० का सुटटु यादवलाई नियन्त्रणमा लिई खानतलासी गर्दा निजको साथबाट नेपाली रुपैयाँ १,००० दरका ९९ थान विभिन्न स्थानमा काराेवार गरेकाे २ थान नोट समेत फेला पारी जम्मा १ लाख १ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कायर्लय का सुचना अधिकारि प्रहरी नायव निरक्षक…
Read More
१३ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

१३ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कपिलवस्तु – कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मनउल्ला मुसलमानको जाहेरीले वादी नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा संलग्न प्रतिवादी इरफान भन्ने क्यामुद्दिन मुसलमानलाई पक्राउ गरिएको हो। उनी साविक राजपुर गाविस–९, हाल बुद्धभूमि नगरपालिका–५, मोहम्मदनगर निवासी हुन्। कपिलवस्तु जिल्ला अदालतको मिति २०६९/१२/१६ गतेको फैसलाअनुसार उनलाई २० वर्ष (जन्मकैद) कैद सजाय तोकिएको थियो। फैसला पश्चात् फरार रहेका उनलाई विशेष सूचना तथा निरन्तर खोजतलासको क्रममा प्रहरीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यलय र पकडी इलाका प्रहरी कार्यलय फैसला कार्यान्वयन टोलीले २०८२/११/०५ गते मायादेवी गाउँपालिका–१, बरसैंया क्षेत्रमा लुकीछिपी बसिरहेको…
Read More
कपिलवस्तुका विभिन्न स्थानमा शंकास्पद विस्फोटक पदार्थ राख्ने व्यक्ति पक्राउ

कपिलवस्तुका विभिन्न स्थानमा शंकास्पद विस्फोटक पदार्थ राख्ने व्यक्ति पक्राउ

कपिलवस्तु, माघ ५ गते । कपिलवस्तु जिल्लाका विभिन्न सार्वजनिक स्थानमा विस्फोटक पदार्थ राखिएको भन्ने सूचनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय, तौलिहवाका अनुसार बिहीबार बिहान बुद्घभूमि नगरपालिका–२ गोरुसिङ्गे जंगलस्थित पूर्व–पश्चिम राजमार्ग सडक खण्ड, महाराजगञ्ज नगरपालिका–२ बाणगगा नदीको बरगदी पुल नजिक तथा शिवराज नगरपालिका–१ पूर्व–पश्चिम राजमार्गस्थित शिवपुर रेन्ज पोस्ट नजिक बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो।विशेष सूचनाका आधारमा सार्वजनिक रूपमा प्रयोग हुने सडक, बाटो, पुल तथा सर्वसाधारण आवतजावत गर्ने स्थानमा विस्फोटक पदार्थ ओसारपसार वा राख्ने कार्यमा संलग्न रहेको आशंकामा बाणगंगा नगरपालिका–२ का ५८ वर्षीय शोभे थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट…
Read More
भन्सार छली गरी भित्र्याइएको १७ लाखभन्दा बढी मूल्यको फलफूल र सवारी साधन बरामद

भन्सार छली गरी भित्र्याइएको १७ लाखभन्दा बढी मूल्यको फलफूल र सवारी साधन बरामद

कपिलवस्तु, — जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भन्सार छली गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब १७ लाखभन्दा बढी मूल्य बराबरको फलफूल तथा सवारी साधन बरामद गरेको छ।प्रहरीका अनुसार मिति २०८२ माघ ११ गते इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलि ले साधन चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको लु ३ च १११७ नम्बरको पिकअप जाँच गरेको थियो। जाँचका क्रममा उक्त पिकअपमा भन्सार छली गरी ल्याइएको अन्दाजी १,३३५ केजी विभिन्न फलफूल (केरा, जुनार, अनार) फेला परेको थियो।बरामद फलफूलको बजार मूल्य रु. १,०४,८०० र पिकअप गाडीको मूल्य रु. १५,००,००० गरी जम्मा रु. १६,०४,८०० बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पिकअप…
Read More
कपिलवस्तुमा १ जनाअवैध हतियार र जुवा खेल खेलाउँदै गरेको अवस्थामा ६ जना पक्राउ

कपिलवस्तुमा १ जनाअवैध हतियार र जुवा खेल खेलाउँदै गरेको अवस्थामा ६ जना पक्राउ

कपिलवस्तु,कपिलवस्तु जिल्लामा प्रहरीले अवैध भरुवा बन्दुकसहित एक जना तथा जुवा खेल्दैरखेलाउँदै गरेको अवस्थामा ६ जना पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा प्रहरी चौकी बेदर्मिबाट खटिएको संयुक्त टोलीले कृष्णनगर नगरपालिका–१२ निवासी वर्ष ४२ का विनोद ओझालाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो। सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरिएको भिडियोको आधारमा अनुसन्धान गर्दा ओझाको घरमा छापा मारिएको प्रहरीले जनाएको छ। खानतलासीका क्रममा उनको घरबाट एक थान भरुवा बन्दुक बरामद गरिएको छ। पक्राउ परेका ओझालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। त्यसैगरी, बाणगंगा नगरपालिका–१० स्थित ‘रोयल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.