कपिलवस्तुमा रास्वपाको संगठन विस्तारः महाराजगंज–८ मा पहिलो वडा समिति गठन ।।

कपिलवस्तुमा रास्वपाको संगठन विस्तारः महाराजगंज–८ मा पहिलो वडा समिति गठन ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो साङ्गठनिक संरचनालाई टोल र वडा तहसम्म पुर्‍याउने कार्यको औपचारिक सुरुवात गरेको छ । सोही अन्र्तगत महाराजगंज नगरपालिका वडा नं. ८ मा सम्पन्न विशेष भेलाले पहिलो पटक ’वडा तदर्थ समिति’ गठन गरी नयाँ अध्यायको सुरुवात गरेको हो । जिल्लाका अन्य स्थानीय तहहरूमा संगठन निर्माणको तयारी भइरहँदा महाराजगंज–८ ले पहिलो वडा समिति गठन गर्दै पार्टीको तल्ले तहमा समेत प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । भेलाले दिनेश हमालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । भेलाले दिनेश हमाललाई सभापति, अमित देव त्रिपाठीलाई उपसभापति र दिनानाथ प्रसाद चौधरीलाई सचिवमा चयन गरेको छ । यस्तै सह–सचिवमा राम निवास यादव तथा सदस्यहरूमा बृजलाल यादव, हरीश चन्द्र कोहार, रमेश यादव, मन्जु कोरी, रुपा यादव, सूर्यमती यादव र साबित्रा देवी कहार रहेका छन् । साथै, संगठनलाई व्यवस्थित बनाउन राम नारायण यादवको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति र बिशम्भर पासीको संयोजकत्वमा वडा समिति समेत गठन गरिएको छ । नवनिर्वाचित सभापति दिनेश हमालले जिल्लामै पहिलो वडा समितिको नेतृत्व गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभएको छ । कपिलवस्तुमा रास्वपाको जग वडा तहबाटै बलियो बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । हामी कुनै पनि राजनीतिक भेदभाव नगरी वडाका हरेक नागरिकको समस्यामा साथ दिनेछौं, उहाले बताउनुभयो । यो समितिले महाराजगंजलाई मात्र नभई पूरै जिल्लालाई संगठन विस्तारको सन्देश दिने उहाले बताउनुभएको छ । भेलामा उपस्थित निर्वाचन क्षेत्र सभापति माधव पराजुलीले यो गठनलाई एउटा ’ब्रेक थ्रु’ को रूपमा व्याख्या गर्नुभएको छ । सहभागी स्थानीय कार्यकर्ताहरूले अब परम्परागत राजनीतिको विकल्पमा रास्वपाले वडा–वडामै उपस्थिति जनाउनु सुखद रहेको बताएका छन् । भेलाले आगामी दिनमा घरदैलो अभियान सञ्चालन गर्ने, नयाँ सदस्यता वितरणलाई तीव्रता दिने लगायतका सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउने निर्णय समेत गरेको छ । कपिलवस्तुका १० वटै स्थानीय तहका वडा–वडामा समिति विस्तार गर्ने रास्वपाको अभियान अन्तर्गत यो पहिलो कदम रहेको नेताहरूले बताएका छन् ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.