दोस्रो मिस्टर कपिलवस्तुको उपाधी बर्मालाई

दोस्रो मिस्टर कपिलवस्तुको उपाधी बर्मालाई

कपिलवस्तुमा सम्पन्न ‘दोस्रो मिस्टर कपिलवस्तु शारीरिक सुगठन प्रतियोगिता’ २०८२ को उपाधि सुरेन्द्र बर्माले जितेका छन् । शारीरिक सुगठन तथा फिटनेस समाजिक संस्था कपिलवस्तुको आयोजनामा भएको प्रतियोगितामा बर्माले ६५ केजी तौल समूहको विजेता बन्दै विधागत विजेताहरूलाई पछि पारेर ‘ओभरअल च्याम्पियन’ को उपाधी हात पारेका हुन् । बिजेता बनेसँगै उनले जम्मा नगद ५० हजार रुपैया, ट्रफि मेडल हात परे । उनी प्रथम मिष्टर कपिलवस्तुका विजेता समेत हुन ।

चार समहु भएको प्रतियोगितिामा ६० केजी समूहमा बुद्ध जिमका महफुज अलि दर्जी प्रथम भए । त्यस्तै पावर जिमका समसाद मुसलमान र अल्फाज खान क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल भए । ६५ केजी समूहमा पावर जिमका शैलेन्द्र प्रसाद कसौधन दोस्रो र बुद्ध जिमका योगमणि तिवारी तेस्रो बने । ७०केजी समूहमा हेल्थ फिटनेसका विकास श्रेष्ठ प्रथम भए । पावर जिमका सुग्रीव कुर्मी दोस्रो र हेल्थ फिटनेसकै बिरु यादव तेस्रो भए । ७० प्लस केजी समूहमा हेल्थ फिटनेसका ईश्वर पुन प्रथम, पावर जिमका मो इस्तेखार हलवाई दोस्रो र एमएनएस जिमका शैलेन्द्र श्रीमाल तेस्रो भए ।

प्रतियोगितामा पुरस्कार वितरणको लागी प्रमुख अतिथी शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय उपाध्यक्ष सितु प्रसाद श्रेष्ठ, छैठौं धर्म श्री बिजेता जीवन गिरी, अन्र्तराष्टिय तथा राष्ट्रिय खेलाडी संजिव श्रेष्ठ नेपाल स्ट्रेन्थलिफ्टीङ्क संघ का केन्द्रिय सदस्य विजेन्द्र श्रेष्ठ कपिलवस्तु नगरपालिकाका बडा अध्यक्ष प्रकाश गैरे, नगरपालिका कार्यलयका सामी परियोजनाका कार्यक्रमसंयोजक सुभाष रेग्मी ,समाजसेवी प्रकाश घिमिरे संघका अध्यक्ष कृष्ण थापाले विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरुलााई पुरस्कार वितरण गरेका थिए ।


प्रतियोगितामा अन्तराष्ट्रिय निर्णायक केशव बहादुर शाक्य, बरिष्ठ निर्णायक शिवध्वज राई र राष्ट्रिय निर्णायक राजकुमार श्रेष्ठले निर्णय गरेका थिए । प्रतियोगितामा चार तौल समूहमा २५ खेलाडीहरु बिच प्रतिस्पर्धा भएको र अगामी वर्ष हरुमा प्रतियोगिता निरन्तरता साथ संचालन गरिने संस्थाका सचिव मनिष कार्कीले बताए ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.