खुला दिसामुक्त तथा पूर्ण सरसफाइ सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

खुला दिसामुक्त तथा पूर्ण सरसफाइ सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपिलवस्तु । कपिलवस्तु नगरपालिका कार्यलयको आयोजनामा वडा स्तरीय खानेपानी सरसफाई तथा समन्वय समितीलाई खुला दिसा मुत्त तथा पुर्ण सरसफाई सम्वन्धि सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । २ नं वडा कार्यलयमा गरिएका कार्यक्रमलाई मुख्य प्रशिक्षक दयाराम शर्माले सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने तथा समुदायलाई स्वच्छ वातावरण निर्माणतर्फ प्रेरित गर्ने बारे जानकारी गराइएको थियो । यस्तै कार्यक्रममा सरसफाइको महत्व, खुला दिसा त्यागको प्रभाव, स्वच्छ खानेपानीको प्रयोग तथा वातावरणीय स्वास्थ्यका विषयमा शर्माले सहभागीलाई जानकारी गराइएको थियो ।

स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा पूर्ण सरसफाइ अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको कपिलवस्तु नगरपालिका वास शाखा का बास सहजकर्ता कल्पना खनालले बताएकी छिन । यस्तै गरी खुला दिसा मुत्त तथा पुर्ण सरसफाई सम्वन्धि सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम १२ वटै वडा कार्यलयमा गरिेने कार्यतालिका रहेको वास सहजकर्ता रिना गिरीले जानकारी दिएकी छिन ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.