कपिलवस्तु कार्तिक
कपिलवस्तुको शिवराज नगरपालिकालाई ‘बेस्ट पालिका अफ द इयर २०८३’ तथा लुम्बिनी प्रदेशको ‘सर्वोत्कृष्ट शिक्षा पालिकाले सम्मानित गरिएको छ । शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, स्थानीय सुशासन तथा सामुदायिक विकासमा पु¥याएको योगदानको कदर गर्दै प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) द्वारा जनकपुरधाममा आयोजित तेस्रो राष्ट्रिय प्रधानाध्यापक सम्मेलन–२०८३ को उद्घाटन समारोहमा सम्मानित गरिएको हो । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापालाई सम्मानपत्र तथा ट्रफी हस्तान्तरण गरको थिए ।

शैक्षिक उत्कृष्टता, नवीन शैक्षिक कार्यक्रमको कार्यान्वयन, विद्यार्थीमैत्री वातावरण निर्माण तथा शिक्षा क्षेत्रको सुधारमा नगरपालिकाले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । शिवराज नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै कक्षा १२ सम्म निःशुल्क शिक्षाको कार्यान्वयन,सामुदायिक विद्यालय तथा मदरसा शिक्षाको सुदृढीकरण, तथा विद्यालयको भौतिक पूर्वाधार विकासविद्यार्थी प्रोत्साहनका संचालन गर्दै आएको छ । यो सम्मानले शिवराज नगरपालिकाको शैक्षिक तथा संस्थागत पहिचान थप उचाइमा पु¥याएको मेयर थापाले बताए । उनले सम्मानलाई वास्तविक उपलब्धिमा रूपान्तरण गर्न गरी काम अघि बढाईने बताए । विद्यालयको सिकाइ उपलब्धि, विद्यार्थीको नतिजा, शिक्षक व्यवस्थापन र सबै समुदायको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने गरी अघि बढाईने उनले बताए ।
