कपिलवस्तु, फागुन २८ – कपिलवस्तु, बाणगंगा नगरपालिका वडा नं. १ मा बोक्सीको आरोपमा दुई महिला पक्राउ परेका छन्।
प्रहरीका अनुसार, ५७ वर्षीया लिला कुमारी श्रेष्ठ माथि बोक्सीको आरोपमा अगाे काे अगुत्टोले शरीरका विभिन्न भागमा प्रहार गरी दुर्व्यवहार गरेको भनिएको छ। सोही घटनामा ५१ वर्षीया हुम कुमारी झेडी मगर र २१ वर्षीया खगिसरा झेडी मगर लाई तत्काल पक्राउ गरी बोक्सी सम्बन्धी मुद्दा दर्ता गरि जिल्ला अदालत कपिलवस्तुबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक रिपेन्द् कुमार सिंह ले जानकारि दिएका छन ।
