कपिलवस्तु २३ पुस
‘ कृष्णनगर नगरपालिकाको पतिबद्धता सुशानस स्वाथ्य संबृद्ध र खुशी जनता कपिलवस्तुको भन्ने नारा सहीत कृष्णनगर नगरपालिकाको १५ औ नगर सभा संपन्न गरिएको छ । सभाको मेयर रजत प्रताप शाहले पानसमा दिप प्रज्जवलित गर्दै उदघाटन गरेका हुन । सो अवसरमा मेयर शाहले कृष्णनगर नगरपालिकालाई संबृद्ध र बिकसित बनाउन लागी परेको बताए । उनले कृष्णनगर नगरपालिकालाई नमुना बनाउन सबैले साथ दिनु पर्ने बताए । सो अवसरमा उप मेयर आरती देबी चौधरीले प्रस्तुत गरेको राजस्व परामर्श समितिको प्रतिबेदन आर्थिक ऐन २०८२ को संशोधन प्रस्ताव र गाउ ब्लक मिन्हाडिई जग्गाको सिफारिस दिदा सय रुपैया प्रतिधुर शुल्क लिने संशोधन प्रस्ताव पातिर गरिएको छ । चालु आर्थिक बर्षकालागि ३ करोड ७५ लाख आय उठने अनुमान गरिए पनि नगरपालिकाको १२ वटा वडा र केन्द्रबाट गरी कुल ९५ लाख ५४ हजार उठेको छ । चालु आर्थिक बर्षकालागि ७६ करोड ७६ लाख ३७ हजार आय प्रस्ताव भएकोमा हाल सम्म हाल सम्म ४१ करोड ४६ लाख ८० हजार वास्तविक आय भएको छ । खर्च भने ११ करोड ६४ लाख १६ हजार भएको छ । ७८ करोड ८१ लाख ९० हजार चालु आर्थिक बर्षको संशोधित आय हुने अनुमान गरिएको छ । यस्तै न्याययिक समितिका सदस्य हरिपाल चुर्तुबेदीले चालु आर्थिक बर्षमा ६ वटा उजुरी परेकोमा १ वटा मात्र समाधान भएको प्रतिबेदन पेश गरेका थिए । मेयर शाहको अध्यक्षता र ईश्वरी पौडेलको संचालनमा भएको सभामा प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा लगायतको सहभागीता थियो ।
कृष्णनगर नगरपालिकाको १५ औ नगर सभा