प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारिस, कांग्रेस नेता कमालको नाम समाबेश नभए पछि पाटी भित्र हलचल

प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारिस, कांग्रेस नेता कमालको नाम समाबेश नभए पछि पाटी भित्र हलचल

नेपाली कांग्रेस क्षेत्र नम्बर १ कपिलपवस्तु ले प्रतिनिधि सभा निर्बाचन प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षमा आशिष शर्मा, खोम बहादुर ठकुरी (शक्ति सिंह ठकुरी) र धुर्व नेपालको नाम जिल्ला कार्य समितिमा सिफारिस पठाइएको क्षेत्रीय सचिव विजय खनालले बताए । मंसिर २३ गते भित्र क्षेत्रीय समितिलाई नाम पठाउने समय सिमा तोकिए पनि मंसिर २४ गते समितिले उम्मेदवारको सिफारिस पठाएको हो । समानुपातिक मुस्लिम तर्फ वजी अर्सद र खस आर्य तर्फ कमलेश कुमार शर्मा होमलाल पौडेल, हरिराज घिमिरे लोकराज गिरी बिमला गैरे इन्द्रा भट्टराईको नाम सिफारिस गरिएको छ । यस्तै आदिवासी जनजातितर्फ ललित गुरुङ गोविन्दी थारु तथा मधेसी तर्फ सुरेश शर्मा, चतुर्भुजीमणि त्रिपाठी विशम्भर कुर्मीको नाम छ । यसै गरी समानुपातिक थारु क्लस्टर तर्फ पूर्णप्रसाद चौधरी रामेश्वर थारु तारावती थारु दलित तर्फ लक्ष्मी नेपाली राष्ट्रिय सभा पुरुष तर्फ तर्फ राजेश आचार्य भोला थारु सोहरत तेली जयसराम यादव राष्ट्रिय सभा महिलातर्फ सुमित्रा शर्मा र राष्ट्रिय सभा अपांग तर्फ कृष्णप्रसाद न्यौपाने लाई सिफारिस गरिएको छ । प्रत्यक्ष तर्फ नाम सिफारिस गरिएको आशिष शर्मा नेता दिप कुमार उपाध्यायका छोरा हुन । यस्तै अर्का सिफारिस भएका ठकुरी तरुण दलका जिल्ला सभापति र कांग्रेस कपिलपवस्तुका जिल्ला सचिव हुन ।
२ पटक सांसद भएका र पार्टीका पुर्व केन्द्रिय सदस्य अतहर कमालको नाम क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ नाम समाबेश हुने चर्चा थियो । तर क्षेत्रीय समितिले ३ जनाको नाम समाबेश गरे पनि कमाललाई उम्मेदवारमा सिफारिस गरिएन । यसलाई क्षेत्र नम्बर ३ मा कांगेस नेता अभिषेक प्रताप शाहलाई क्षेत्रीय समितिले प्रत्यक्ष तर्फ नराखेको बदलाकोरुपमा बुझिएको छ । आफनो नाम समाबेश नभएकोमा आपत्ति जनाउदै क्षेत्रीय समितिले बैठक समेत नगरेर घर घरमा रजिस्टर खुमाएर गरिएको यो निाणर््य अबैधानिक रहेको नेता अतहर कमालले बताए । उनले बैठक बारे आफु र क्षेत्रीय समिति कै धेरै जनालाई कुनै जानकारी बिना आफखुशी निर्णय गरिएको उनले बताए । जिल्ला कार्य समितिमा मंसिर २३ गते नामावली बुझाउने समय सिम दिइएकोमा मंसिर २४ गते मात्र नाम बुझाइएको कार्य नै अबैधाबैधिक रहेको उनले तर्क छ । यो अबैधानिक कार्यको जिल्ला कार्य समितिमा आफुले डटेर सामान गर्ने उनले बताए । नेता शाह र नेता कमालको नाम समाबेश नभए पछि कपिलवस्तुमा झनै गुटबन्दी हुने देखिएको कांग्रेस नेताहरु बताउछन ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.