वन संरक्षण प्रवर्द्धनमा अन्तरक्रिया र भ्रमण कार्यक्रम सम्पन्न

वन संरक्षण प्रवर्द्धनमा अन्तरक्रिया र भ्रमण कार्यक्रम सम्पन्न

कपिलवस्तु, असार २७ — वन व्यवस्थापन, अध्ययन, अनुसन्धान तथा संरक्षणका विषयमा सरोकारवालाबीच अन्तरक्रिया तथा वन क्षेत्रको अवलोकन भ्रमण कार्यक्रम शनिबार कपिलवस्तुको चेवरादेही स्थित तिलौराकोट सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा वन संरक्षण, जैविक विविधताको संरक्षण, वन व्यवस्थापनमा समुदायको भूमिका, वन क्षेत्रमा देखिएका चुनौती तथा सम्भावित समाधानका विषयमा डिभिजन बन कार्यलय का बरिष्ठ अधिकृत दिपक के सी पस्तुतीकरण गरि जानकारी गराएक थिए ।

कार्यक्रममा वन क्षेत्रसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वनको दिगो व्यवस्थापन, वन अनुसन्धानलाई प्रभावकारी बनाउने उपाय तथा वन संरक्षणमा सञ्चारमाध्यमको भूमिकाबारे आफ्ना धारणा राखेका थिए।


यस्तै गरी वन व्यवस्थापनका अभ्यास, जैविक विविधता संरक्षणका प्रयास तथा वन क्षेत्रको वर्तमान अवस्थाबारे सव डिभिजन बन कार्यलय गोरसिंगे का बरिष्ठ बन अधिकृत मोतीराम पौडेललेले आफ्नो प्रस्तुती करण गरि जानकारी गराएका थिए ।

कार्यक्रममा तिलौराकोट सामुदायिक वन उपभोक्ता समूह का अध्यक्ष जय प्रकाश पाण्डेले वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै वन व्यवस्थापनमा सरोकारवालाबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने बताएका थिए ।


अन्तरक्रियापछि सहभागीहरूले तिलौराकोट सामुदायिक वन क्षेत्रको स्थलगत अवलोकन गर्दै े त्यस क्षेत्रको बारे मा जानकारी गराएका थिए। कार्यक्रमलाई तिलौराकोट सामुदायिक वन उपभोक्ता समूह, बुद्धभूमि–१०, चेवरादेहीले सहयोग गरेको थियो। आयोजक नेपाल पत्रकार महासंध का अध्यक्ष डिलाराम भुसाल काअनुसार यस्ता कार्यक्रमले पत्रकारहरुलाई बन क्षेत्रमा हुने कार्यहरु को जानकारी हुनको साथै अगामी दीनहरुमा समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको बताएका छन।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.