कपिलवस्तु नगरपालिकाका ६ बर्मेलीमा ३० करोड बढीको द ग्रेट लव भिलेज निर्माण सुरु

कपिलवस्तु नगरपालिकाका ६ बर्मेलीमा ३० करोड बढीको द ग्रेट लव भिलेज निर्माण सुरु

कपिलवस्तु ४ पुस
कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेलीमा भुमीपुजन गरी द ग्रेट लव भिलेज निर्माण हुनृ भएको छ । चुजी चेरेटी फाउन्डेशनले ३० करोड बढी लागतमा सो भिलेज निर्माण सुरु गरेको हो । चुजी गुठी ट्रस्ट मार्फत बमैलीमा ५५ कठुठा जग्गामा सो निर्माण सुरु भएको सस्थाका स्वयमसेवक तथा मध्यस्तकर्ता राकेश त्रिपाठीले बताए ।

बुद्ध परंपरा अनुसार बिशेष पुजापाठ गरी भुमी पुजन गरिएको थियो । संस्थाकी उपाध्यक्ष तथा कपिलवस्तु नगरपालिकाका मेयर सु्दीप पौडेलले संयुक्तमा भुमीपुजन गरेका थिए । सो अवसरमा भिजेल निर्माणले नगर भित्रका बिपन्न र सुकुम्बासीहरु लावांबित हुने बताए । बुद्धको क्रिडास्थलका नजिकै भिजेल निर्माण हुनु धेरै राम्रो कुरा भएको बताए ।

लुम्बिनीलाई मात्र महत्व दिदै आएकोमा कपिलवस्तुलाई समेत प्राथमिकतामा राखिएकोमा उनले संस्थाालइृ धन्यबाद समेत दिए । भिलेज निर्माणकालागि केही दिन अघि चुजी फाउन्डशनको उापध्यक्ष भिपिलिन र कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल बिच एमओयु संझौता समेत भएको थियो । भिलेजमा ४ सय जना अटने सामुदायिक केन्द्र, आधारभुत बिद्यालय र स्वास्थ्य चौकी गरी ३ वटा संरचना निर्माण हुनेछ । यस्तै बर्मेली वरपर रहेका ५० जना जतिको सुुकुम्बासीहरुलाई उनीहरुको समेत ब्यवस्थापन गरिने त्रिपाठीले बताए । भिलेजको निर्माणको काम एक बर्ष भित्र सकिने गरी कार्य अघि बढाइएको उनले बताए ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.