सुनको मूल्य १ हजार घट्यो, चाँदी बढ्यो

सुनको मूल्य १ हजार घट्यो, चाँदी बढ्यो

२३ मंसिर, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लोृ दिन २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो ।

सुनको भाउ सामान्य घटे पनि चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको छ ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.