निर्बाचन प्रहरीमा आबेदन दिने युवाको भिड

निर्बाचन प्रहरीमा आबेदन दिने युवाको भिड

कपिलवस्तु २५ पुस
निर्बाचन लक्षित निर्बाचन प्रहरीको आबेदन लिने सुरु दिन देखि नै जिल्ला प्रहरी कार्यालय तौलिहवामा आबेदन दिने युवाहरुको ठुलो भीड लागेको छ । आबेदन दिने शुक्रवार बिहान १० बजे देखि सुरु हुने भनिए पनि बिहान ८ बजे देखि नै आबेदन दिने युवा युवतीको ठुलो जमात देखिएको थियो । जिल्ला प्रहरी कार्यालय गेट बाहिर आबेदन दिनेहरुको ठुलो भीड लागेको थियो । भिडका कारण गेहट बाहिर दर्ता गर्नकालागि आबेदकलाई २ वटा लाईन लगाइएको थियो । पहिलो दिन र अत्यधिक जाडो भएकाले आबेदन लिन केही ढिलाई भएको थियो । आबेदन लिन महिला र पुरुष गरी प्रहरी कार्यालय हाता भित्र दुई वटा डेस्क खडा गरिएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए । आबेदकको भीडका कारण साझ ६ बजे सम्म पनि फारम दर्ता गरिएको उनले बताए ।

उनले आबेदकहरुको भीडलाई मध्यनजर गरी शनिवार देखि बिहान ८ बजे देखि साझ ५ बजे सम्म आबेदन लिने गरी ब्यवस्था मिलाइएको उनले बताए । ‘ सुरु दिन भएकाले केही ढिलो भयो, शनिवार देखि आबेदन लिने कार्यलाई अझै ब्यवस्थित र सहज बनाउने छौ ’ उनले भने । कपिलवस्तुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल २ हजार ९ सय ६८ जना को माग गरिएको छ । जसमध्ये प्रहरी तर्फ २ हजार ६६८ र सशस्त्र तर्फ ३ सय ५० जना माग गरिएको छ । आबेदन दिने मिति पुस २५ देखि माघ १ गते सम्म तोकिएको छ । यसैबिच पहिलो दिन कुल २ सय ५० जनाको आबेदन दर्ता भएको प्रहरी नायब उपरिक्षक सिंहले बताए । जसमध्ये पुरुष १ सय ५९ र महिला ९१ रहेका छन र सशस्त्र प्रहरी तर्फ भने एक जनाको मात्र आबेदन दर्ता भएको छ ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.