सिद्धार्थ बोडिङ स्कुलको अभिभाव भेला तथा पुरस्कार बितरण सभारोह

सिद्धार्थ बोडिङ स्कुलको अभिभाव भेला तथा पुरस्कार बितरण सभारोह

कपिलवस्त्ु २९ चैत
तौलिहवा स्थित सिद्यार्थी बिद्यामन्दिर बोडिङ स्कुलको बार्षिक अभिभावक भेला तथा पुररस्कार बितरण सभा संपन्न गरिएको छ । पानासमा दिप प्रज्जवलीत गरी भेला तथा बोडिङ स्कुलको एप ल्याबटबमा क्लिक गरी कपिलवस्तुको नगरपालिकाका मेयर सुदीप पौडेलले उदघाटन गरेका थिए । सो अवसरमा उनले गुणस्तरीय शिक्षाकालागि निजी बिद्यालयको समेत योगदान रहेको बताए । उनले सरकारी बिद्यालयलाई प्रभावकारी र गुणस्तीय बनाउन आफनो पालिकाले लगानी गरेको बताए । उनले नगरले कक्षा १० सम्म सरकारी बिद्यालयमा निःशुल्क शिक्षा कायम गरेको बताए । उनले निजी सरह सरकारी बिद्यालयमा समेत पठनपाठन र स्तरीय शिक्षा बनाउन अझै समय लाग्ने उनले बताए । कसैलाई पनि जबरजस्ती गरेर सरकारी बिद्यालयमै पढन बाध्य पार्न नसकिने भन्दै आफनो छोरा छोरीलाई कहा पढाउने त्यो अधिकार अभिभावकै रहेको उनले बताए । सो अवसरमा उनले स्कुलमा उत्कृष्ठ अंक हासिल गर्ने बिद्यार्थीलाई पुरस्कार समेत बितरण गरेका थिए । कार्यक्रममा बोडिङ स्कुलका प्राचार्य बिकास अर्यालले स्कुलले बार्षिक नतिजा प्रकाशन गरी सकेको र त्यो एप डाउन लोड गरेर पनि आफनो नतिजा हेर्न सकिने बताए । कार्यक्रममा कक्षा १ देखि ९ सम्म प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थी तथा उत्कृष्ट अंक हासिल गरेका बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । यस्तै अतिरिक्त क्रियाकलापमा बिजयी भएका छात्रा छात्राहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा बिद्यालयका संरक्षक टिकराम अर्याल समाजसेबी हरिराज शर्मा, बरिष्ठ अधिबक्ता हुम बहादुर कुवर, सुरेन्द्रराज लम्साल युवा नेता राजेश ज्ञवाली, प्रदीप सिंह लगायतको सहभागीता थियो । कार्यक्रममा नृत्य मनोरंजल लगायतका क्रियाकलाप समेत गरिएको थियो ।

By Khabarwarpar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.